निर्वाचन आयोगमा झाँक्रीको समाजवादी अभिवादन

निर्वाचन आयोगमा झाँक्रीको समाजवादी अभिवादन

काठमाडौं : नेकपा एमाले फुटाएर बनेको नेकपा एकीकृत समाजवादी दललाई आधिकारिकता दिन निर्वाचन आयोग पुगेकी माधव पक्षकी नेतृ रामकुमारी झाँक्री निकै हर्षित देखिन्थिन्।

अन्य कतिपय नेताहरु ठुस्स अनुहार लगाइरहँदा झाँक्री पनि निकै हँसिलो मुद्रामा आयोग परिसर प्रवेश गरिरहेकी थिइन्।

जिन्स पाइन्ट, टिसर्ट र पातलो कालो ज्याकेटमा आयोग पुगेकी झाँक्री आफ्ना समर्थहरुलाई अभिवादन गरिरहेकी थिइन्। उनको भावभंगिमा हेर्दा पार्टी फुटाउन भन्दा पनि कुनै विजय उत्सव मनाउन निर्वाचन आयोग प्रवेश गरेको जस्तो देखिन्थ्यो।

नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको क्रममा रहेको माधव नेपाल सहितको टोली टुरिस्ट बस चढेर सनाखतको लागि निर्वाचन आयोग पुगेको थियो।

नेताहरू बैठक बसिरहेको चन्द्रागिरि हिल रिसोर्टबाट बा१प ६५९ र बा१प ७३६ नम्बरको टुरिस्ट बसमा आयोगको कार्यालय आएका थिए।

९ भदौ, २०७८, १३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।