कोरोनाका कारण परीक्षा स्थगित हुँदा विद्यार्थीमा मानसिक असर : शिक्षा समिति 

कोरोनाका कारण परीक्षा स्थगित हुँदा विद्यार्थीमा मानसिक असर : शिक्षा समिति 

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक दुरी कायम गरी कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको हो। 

बैठकले खोपको व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम गरी यथाशीघ्र होम सेन्टरमै परीक्षा गराउने व्यवस्था गर्न सरकारलाई भनेको हो। 

कक्षा १२ को परीक्षा मात्र पटक पटक स्थगित हुँदा विद्यार्थीहरूमा भविष्यप्रतिको चिन्ता थपिनुका साथै मानसिक असर परिरहेको समितिको ठहर छ। सीसीएमसीको गलत निर्णयका कारण परीक्षा स्थगित हुनु पुगेको समितिले निष्कर्ष निकालेको छ। 

त्यस्तै बैठकले इन्जिनियरिङ कलेजहरूको विवादित शुल्कको विषयमा कोभिड– १९ को सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकोले पढाई शुल्क बाहेक अन्य शुल्क नलिन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन। 

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर परीक्षाको मिति तय गर्ने बताए। उनले यसअघि नै होम सेन्टर राखेर परीक्षाको सम्पूर्ण तयारी गरिसकेको भन्दै भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न छलफल गरेर सूचना जारी गर्ने जानकारी दिए।

कोरोना जोखिमलाई देखाउँदै सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेको थियो। 

८ भदौ, २०७८, १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।