उकेराको सर्भरमा निरन्तर आक्रमण, केन्या र उज्वेकिस्तानको आइपीबाट ह्याकको प्रयास

उकेराको सर्भरमा निरन्तर आक्रमण, केन्या र उज्वेकिस्तानको आइपीबाट ह्याकको प्रयास

उकेराको विज्ञसहितको प्राविधिक टोलीको अनुसन्धानमा उनीहरूले माइएसक्युएलमा निरन्तर आक्रमण गरेर केही समयका लागि साइट डाउन गराइरहे पनि सिएमएसभित्रै प्रवेश गर्न भने सकेका छैनन्। 

उकेरामा आक्रमण गरिरहेको आइपी ठेगाना हेर्दा केन्या र उज्वेकिस्तान देखाएको छ।

प्राविधिक टोलीले उकेरा ह्याकको प्रयासमा रहेकाहरूले भिपिएन प्रयोग गरेर आक्रमण गरेको आशङ्का गरेको छ। यसबारेमा नेपाल प्रहरीको साइबर अनुसन्धान ब्युरोलाई उकेरा व्यवस्थापनले जानकारी गराइसकेको छ भने प्राविधिक टोली थप अनुसन्धानमा सक्रिय छ।

३ भदौ, २०७८, २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।