शिक्षा

विकल्प दिँदा पनि कक्षा १२ को परीक्षा स्थगित, विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप

उकेरा संवाददाता


काठमाडौँ : सरकार चौतर्फी दबाब पछि साउन २३ गते कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णयमा पुग्यो। कोरोना महामारी बढेसँगै परीक्षा स्थगित गर्न सरकारलाई दबाब परेको थियो। 

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा लगायतले परीक्षा रोक्न दबाब दिएका थिए। दबाबपछि सरकारले परीक्षा स्थगित गरेर विद्यार्थीलाई अन्योलमा पारेको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। 

शिक्षाविद् कोइराला परीक्षा नहुनुमा विद्यार्थीको पनि कमजोरी रहेको बताउँछन्। 

‘सरकारले पनि वैकल्पिक विधि दिन सकेन। विद्यार्थी पनि परीक्षा दिन डराए।,’कोइरालाले भने, ‘सरकारको कमजोरी देखियो, यसले अगामी शैक्षिक सत्रमा पनि असर पर्ने देखिन्छ।’

राष्ट्रिय परीक्षा बोर्डका प्रमुख चन्द्रमणी पौडेल विकल्प प्रस्तुत गर्दा पनि सरकारले दबाब थेग्न नसकेर परीक्षा स्थगित गरेको बताउँछन्।

‘कोरोना नफैलिएको पालिकामा परीक्षा गर्न सकिन्थ्यो। थोरै विद्यार्थी भएको स्थानमा परीक्षा गर्न सकिन्थ्यो। हामी ३४ सय विद्यालयमा परीक्षा सञ्चालन गर्न सक्ने स्थितिमा थियौँ,’ पौडेलले भने, ‘सबै विद्यालयको परीक्षा स्थगित गर्नु पर्ने अवस्था थिएन।’

पौडेल कक्षा १२ को परीक्षा स्थगित गर्दा उच्च शिक्षा पढ्न जान खोज्ने विद्यार्थीलाई असर परेको बताउँछन्। विकल्प दिए पनि प्रस्तुत गर्न नदिएको उनको दाबी छ। 

बोर्डले विकल्प पेस गरेन

राष्ट्रिय परीक्षा बोर्डले  समयमा नै वैकल्पिक विधि दिन नसकेको अध्येता देविराम आचार्यको भनाइ छ।

‘बोर्डले समयमा नै विकल्प दिएको भए थाहा हुनुपर्ने हो, मलाई लाग्छ बोर्डले विकल्प दिएको छैन,’आचार्य भन्छन्,‘विकल्प हुँदा हुँदै पनि परीक्षा नलिएर विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको छ।’

अध्येता आचार्यले परीक्षाको विकल्प धेरै भएको बताए।

जसमा प्रश्नको ढाँचा प्रयोग गरौँ (छोटो उत्तर र बस्तुगत), पहिलो चरणमा अनलाइन परीक्षा लिऊँ। २ लाखको सङ्ख्या घट्छ, दोस्रो चरणमा भौतिक उपस्थितमा जाऊँ, परीक्षाको तालिका ९ दिनको नभई २७ दिनको बनाऊँ, एकै दिन १ घण्टाको फरकमा २/२ घण्टा दुई विषयको परीक्षा लिऊँ, ठुलो प्रश्न बैङ्क बनाऊँ, स्थानीय तहको शिक्षा शाखालाई परिचालन गरौँ, परीक्षा केन्द्र र जनशक्ति दोब्बर सङ्ख्यामा तोकौँ, स्वास्थ्य मापदण्डको पालना गरौँ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आगोगले जारी गर्‍यो पूर्वमनोनयनको सूचना

‘आयोगले पूर्वमनोनयनको सूचीमा सूचिकृत भएका उमेद्वारले असोज ७ गतेभित्र आफू पूर्वमनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी अनिवार्य रूपमा आयोगलाई....

रुपन्देहीमा आजदेखि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना सङ्क्रमणको दर कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि स्वीकृति दिएसँगै रुपन्देहीका विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन....

ललितपुर महानगरका विद्यालय असोज १ गतेदेखि खुल्ने 

महानगरपालिकाले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरी भौतिक उपस्थितिमा पठन पाठन गराउन विद्यालयहरूलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।  विद्यालयमा मास्क, साबुन, पानी,....

असोज १ बाट पोखराका विद्यालय खुल्ने

विद्यालय सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्राङ्गण पूर्णरूपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न पाइनेछ। पोखरा महानगर शिक्षा समितिको भदौ २८ गतेको....

विज्ञ भन्छन्– ‘अहिले बालबालिकालाई स्कुल पठाउनु त पापै हुन्छ’

स्वास्थ्य मापदण्ड अपनाएर कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको उनले बताइन्।  सहायक प्रजिअ घिमिरेले उकेरासँगको कुराकानीमा भनिन्– ‘आइतबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्त्वमा काठमाडौंको....