भीम रावलले भेटेपछि ओलीले सारे केन्द्रीय कमिटी बैठक

भीम रावलले भेटेपछि ओलीले सारे केन्द्रीय कमिटी बैठक

काठमाडौं : नेकपा एमालेको आज बोलाइएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आग्रहमा आजको बैठक स्थगित भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएका थिए। पार्टीको आन्तरिक विवाद मिलाउन आजको बैठक नेपाल पक्षको आग्रहमा भोलि बस्ने गरी अध्यक्ष ओलीले स्थगित गरेका हुन्। 

नेपाल पक्षको कार्यदलका संयोजक भीम रावलले अध्यक्ष ओलीसँग भेटेर बैठक रोक्न आग्रह गरेका थिए। ‘अध्यक्ष ओलीसँग भीम रावलले भेट्नु भएको थियो,’नेम्वाङले उकेरासँग भने,‘उहाँहरूकै आग्रहमा आजको बैठक स्थगित भएको हो।’

आज स्थगित बैठक भोलि बस्ने कुरा भएको उनले बताए। उनले पार्टी भित्रको विवाद समाधानका लागि छलफल भइरहेको बताए। 

२४ साउन, २०७८, ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।