साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने

साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने

काठमाडौं : सरकारले यही साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि एक सातासम्म खोप सप्ताह मनाउने जानकारी दिए। 

बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस संक्रमणको दोस्रो मात्रा नलगाएका १३ लाख ५० हजारलाई जापान र भुटानबाट आएको खोप लगाइने जानकारी दिए।

जापान सरकारले नेपाललाई सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा (८ लाख डोज) आगामी शनिबार र आइतबार आइपुग्दै छ। 

२१ साउन, २०७८, १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।