मेटमणीले भने, सरकारमा जाने नजाने निर्णय माधव नेपालको 

मेटमणीले भने, सरकारमा जाने नजाने निर्णय माधव नेपालको 

काठमाडौँ : नेकपा एमालेको माधव कुमार नेपाल पक्षका नेता मेटमणी चौधरीले सरकारमा जाने नजाने निर्णय केन्द्रीय कमिटी बैठकले नगर्ने बताएका छन्।

उनले सरकारमा जाने नजाने निर्णय नेपालले नै गर्ने बताए। नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थलमा चौधरीले बैठकमा सरकारमा जाने नजाने विषय मुख्य रूपमा छलफल नहुने दाबी गरे।

उनले केपी ओली निर्णयमा नपुगेसम्म आफूहरूले अर्को पार्टी गठन गर्ने बताए। नेकपा एमालेबाटै आफ्ना गतिविधि र क्रियाकलाप अगाडी बढाउने उनको भनाई छ।

पत्रकारहरूसँग कुरा गर्दै उनले केपी ओली एमालेलाई एक हुन नदिन तीन वर्षदेखि लागेको आरोप लगाए। ‘पार्टीलाई एक हुन नदिन ओली २/३ वर्षदेखि लागिरहेका हुन्,’उनले भने,‘ओलीलाई अध्यक्ष बनाएर पार्टी एक हुन्छ भन्ने सम्भावना छैन।’

उनले अब केपी ओली नेपाल कम्युनिस्ट पार्टी (केपी ओली) लिएर अगाडी बढ्ने बताए। ‘केपी ओली बयलगाडा चुनाव चिन्ह लिएर अगाडी बढ्छन्,’ उनले भने,‘ नाम नेपाल कम्युनिस्ट पार्टी कोष्ठमा केपी ओली राख्छन्।’ 

केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी विवाद समाधान कार्यदलका तर्फबाट एक जानले पार्टी एकताका लागि भएका छलफलको जानकारी गराउने उनले जानकारी दिए। त्यसमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। 

२१ साउन, २०७८, १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।