कैलालीमा सशस्त्र प्रहरीका जवान ब्यारेकभित्रै मृत फेला

कैलालीमा सशस्त्र प्रहरीका जवान ब्यारेकभित्रै मृत फेला

बुधबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले डडेलधुरा, भागेश्वर गाउँपालिका–१ का शाही सशस्त्र प्रहरीको कार्यालय परिसर कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जानकारी दिए। 

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। 

२० साउन, २०७८, २०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।