नेप्सेमा आज फेरि कीर्तिमान, हालसम्मकै उच्च विन्दुमा 

नेप्सेमा आज फेरि कीर्तिमान, हालसम्मकै उच्च विन्दुमा 

नेप्से परिसूचक हिजो (मंगलबार) २६ अंकले बढेर ३ हजार १ सय ११ अंकमा पुगेर कीर्तिमान कायम भएको थियो। आज उक्त कीर्तिमान तोड्दै फेरि नयाँ कीर्तिमान कायम गरेको छ। 

आज २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रूपैयाँमा कारोबार भएको हो।

यो दिन उपसमूहतर्फ जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ। जलविद्युतको उपसमूहमा ५.८१ प्रतिशत वृद्धि देखिएको छ। बैंकिङ उपसमूहतर्फ ०.२ प्रतिशत, विकास बैंक उपसमुहतर्फ १.३६ प्रतिशत, फइनान्स उपसमूहतर्फ १.६८ प्रतिशत वृद्धि भएको छ।

यी हुन् सबैभन्दा धेरै मूल्य बढेका कम्पनी

बुधबार ७ वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

यो दिन खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, कालिका पावर कम्पनी, माथिल्लो तामाकोसी, अपि पावर कम्पनी, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, आज जीवन विकास लघुवित्तको ९.९९ प्रतिशत, नारायणी विकास बैंकको ९.८७ प्रतिशत र सानजेन जलविद्युत् कमपनीको सेयर मूल्इ ९.६७ प्रतिशतले बढेको छ।

२० साउन, २०७८, १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।