लक्ष्य बाल चिकित्सकको तर बनिन् पोर्न स्टार

लक्ष्य बाल चिकित्सकको तर बनिन् पोर्न स्टार

सनीलाई र्पोन स्टार भनेर चिन्नेहरूलाई पनि कनरजित कौर बोहरा कसरी शनि लियोन भइन् भन्ने जानकारी नहुन सक्छ। यहाँ उनको त्यही यात्रा प्रस्तुत गरिएको छ।

वास्तविक नाम करनजित कौर वोहरा रहेको उनको जन्म १९८१ मे १३ मा क्यानडाको सर्नियामा भएको हो। उनी सिख पन्जाबी परिवारकी सदस्य हुन्। उनको परिवारमा बाबु, आमा र एक भाइ समेत छन्।

उनले अहिलेसम्म आमाबुबाको नाम कतै खुलाएकी छैनन्। तर उनको भाइको नाम खुलाएकी छिन् सन्दीप वोहरा।

उनको परिवारले छोरीहरू पब्लिक स्कुलमा सुरक्षित हुँदैनन् भनेर एक क्याथोलिक स्कुलमा भर्ना गरिदिएका थिए। विद्यालयको अध्ययन सकाएपछि उनले एक जर्मन बेकरीमा काम सुरु गरिन्। उनको लक्ष्य थियो बालबालिका सम्बन्धी चिकित्सक बन्ने। उनले अध्ययन पनि त्यतैतिर केन्द्रित गरेकी थिइन्। शैक्षिक योग्यता नर्सिङ भए थियो। तर पोर्न स्टार हुँदै उनी भइन् बलिउडको कलाकार।

उनलाई रातो रङ खुब मन पर्छ। उनी घोड सवार, प्याराशूटिङ, अमूर्त पेन्टिङ, लामो यात्रा गर्न र खाना बनाउन निकै मन पराउँछिन्। सानै देखि केटाहरूसँगै उनी हकी र आइस स्केटिंग खेल्थिन्। उनी राम्रो खेलाडी थिइन् दुवै खेलमा।

शरीरको विकाससँगै प्रेम र यौनसँग परिचित हुन थालिन् उनी। सनीले सानै उमेरमा यौन अनुभव लिएकी थिइन्। ११ वर्षको उमेरमा पहिलो किसको अनुभव गरिन् भने १६ वर्षको उमेरमा एक बास्केटबल खेलाडीसँग पहिलो यौन सम्बन्धको अनुभव लिइन्। 

उनले गुरुद्धारहरुमा भजन गाउँदा धेरैले प्रशंसा गर्थे तर जब उनी अश्लील चलचित्रको क्षेत्रमा आइन् धेरैले घृणा गर्न थाले। 

उनी १३ बर्षकोहुँदा उनको परिवार क्यानडा छोडेर क्यालीफोनियामा सर्यो। आर्थिक अवस्था निकै कमजोर थियो। त्यसैमाथि क्यालिफोर्निया सहरको महङगिले परिवार धान्न हम्मे हुन्थ्यो। १४ वर्षको उमेरमा सनीले जे–जस्तो काम भेटिन्छ सबै गर्न थालिन्। लगभग ४ वर्ष सम्म पत्रिका बाँड्ने, भित्तामा कलर गर्ने, कारखानामा काम गर्ने सबै गरिन्।

१८ वर्षको उमेरमा उनको एक जना एजेन्टसँग भेट भयो। ती एजेन्टले सनीलाई पेन्ट हाउस म्यागेजिनको लागि फोटोशुट गर्ने अफर दिए। उनलाई म्यागेजिन कस्तो थियो थाहा थिएन। जब उनी अफिस पुगिन्, उनलाई १० हजार देखि १५ हजार डलर दिने कुरा भयो। 

उनले सोचिन् यति पैसा कमाउन त एक वर्ष लाग्छ।  घरको अवस्था निकै दयनीय थियो। त्यति पैसाले उनको घरको आर्थिक अवस्था केही बलियो हुन सक्थ्यो। 

उनले अफर स्वीकार गरिन्। तर घरमा कुनै जानकारी दिइनन्।

सत्य कति समय लुक्न सक्थ्यो र। उनले दिएको अन्तर्वार्ता घरसम्म पुगिहाल्यो। बिस्तारै सबै आफन्तहरू सम्बन्ध तोड्दै गए। घरमा पनि उनले थरथरीका कुरा सुन्न थालिन्। अन्तमा उनले घर छाडिन्।

सनीले बिस्तारै अश्लील चलचित्रको यात्रा सुरु गरिन्। त्यही यात्रामा उनको भेट भयो गितार वादक र व्यवसाय प्रबन्धक डेनियल वेबरसंग। उनी वेबरसंगै धेरै अश्लील चलचित्रमा अभिनय गर्न थालिन्। सन् २०१० मा उनी विश्वको सर्वश्रेष्ठ पोर्नस्टार मध्ये एक बनिन्।

उनको चर्चाले विश्वभर फैलियो। उनलाई मन पराउने र घृणा गर्ने बराबर थिए। उनको बुवाको मृत्यु भयो। बुबा गुमाएपछि उनी निकै दुखी र एक्लो महसुस गरिन्।

२०११ जनवरी २० मा सनीले वेबरसँगै विवाह गरिन्। सँगै उनले अश्लील चलचित्र क्षेत्रबाट बिदा लिने निर्णय गरिन्। उनको नजर थियो बलिउडमा। तर बलिउडले स्विकार्ला भन्ने एकिन थिएन।

त्यही बेला उनले भारतीय रियालिटी सो बिगबोसमा मौका पाइन्। टेलिभिजन सेट मार्फत उनी भारतीयहरूको घर–घरमा पुगिन्। पोर्न स्टारको पहिचान केही धमिलो बनाउन सहयोग पुग्यो यसले।

२०१२ मा ‘जिस्म–२’ चलचित्रमा अभिनयको मौका पाइन्। फिल्म चल्यो। तर बलिउडले सहजै उनलाई अभिनेत्रीको रूपमा स्विकार्न सकेन। उनको सङ्घर्ष जारी रह्यो। उनलाई केही निर्माता र निर्देशकले मौका दिए। जिस्म २, ज्याकपट, रागिनी, एमएमएस–२ लगायतका फिल्ममा अभिनय गरिन्। तर अभिनय क्षेत्रमा उनी त्यत्ति सफल भइनन्।

उनको जीवनीमा आधारित ‘करनजीत कौर’ वेब सिरिज नै बन्यो। त्यसमा उनले आफैँले अभिनय गरिन्। 

–यो विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको हो

२० साउन, २०७८, १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।