त्रिकोणात्मक क्रिकेट शृंखलाको बन्द प्रशिक्षणमा बोलाइए १९ खेलाडी

त्रिकोणात्मक क्रिकेट शृंखलाको बन्द प्रशिक्षणमा बोलाइए १९ खेलाडी

क्यानले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै त्रिकोणात्मक क्रिकेट शृंखलाका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको जनाएको छ। 
क्यानका अनुसार नेपाली टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ। 

उक्त क्रिकेट शृंखला आगामी सेप्टेम्बरमा ओमानमा हुनेछ।

लिग–२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा ४ खेल खेलेर ४ अंक जोडेको नेपाल अंकतालिकाको छैटौं स्थानमा छ।

१० खेलबाट १६ अंक बटुलेको ओमान अंकतालिकामा शीर्ष स्थानमा छ। अमेरिका भने १२ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। उसले १२ खेल खेलेको छ। 

यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, विक्रम सोव, पवन सर्राफ र रोहितकुमार पौडल। 

२० साउन, २०७८, १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।