'बेल बटम' मा लारा दत्ताको इन्दिरा गान्धी अवतार

'बेल बटम' मा लारा दत्ताको इन्दिरा गान्धी अवतार

फिल्मको ट्रेलर सार्वजनिक भएपछि लाराको अवतार देखेर असंख्य दर्शकहरु अचम्ममा परेका छन्। यतिबेला सामाजिक सञ्जालमा लाराको लुक भाइरल भइरहेको छ।

पहिलो पटक इन्दिराको भूमिकामा देख्ने दर्शकले लारालाई चिन्न नै मुस्किल परिरहेको छ। उनको ट्रान्सफर्मेसनका लागि मेकअप आर्टिस्टको पनि सर्वत्र तारिफ भइरहेको छ।

लारा दत्ताको लुक देखेर कतिपयले मेकअप आर्टिस्टलाई नेसनल अवार्ड दिनुपर्ने तर्क समेत गरिरहेका छन्।
एक युजर लेख्छन्, 'म यो के देख्दैछु? के यिनी साँच्चै लारा दत्ता हुन्?' अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, '‌ओएमजी…, यिनी हाम्रै मिस युनिभर्स लारा दत्ता हुन्? म यो फिल्मको प्रतीक्षा गरिरहेको छु।'

फिल्म 'बेल बटम' अगस्ट १९ देखि हलमा रिलिज हुँदैछ। यो फिल्ममा लाराका साथै अक्षय कुमार, हुमा कुरैसी, वाणी कपुर र आदिल हुसेनले अभिनय गरेका छन्।

२० साउन, २०७८, १४:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।