नेप्सेमा नयाँ रेकर्ड कायम

नेप्सेमा नयाँ रेकर्ड कायम
सांकेतिक तस्बिर।

काठमाडौं : नेप्से परिसूचकमा आज (मंगलबार) उछाल आएको छ। नेप्से परिसूचक २६ अंकले बढेर ३ हजार १ सय ११ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको छ।

आज ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रूपैयाँमा २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर कारोबार भएको छ।

मंगलबार १ सय ४३ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै आज ११ वटा कम्पनीको सेयर मूल्यमा घटबट भएन।

पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै, जीवन विकास लघुवित्त, घलेम्दी हाइड्रोपावर, युनियन लाइफ इन्स्योरेन्स र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतले बढेको छ। 

यसैगरी, घलेम्दी हाइड्रो पावर, स्वावलम्बन लघुवित्तका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन्।

१९ साउन, २०७८, १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।