अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाललाई दुई कास्य

अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाललाई दुई कास्य

हिजो (अगस्ट १ मा) सम्पन्न ओलम्पियाडमा नेपालका लागि आर्यन श्रेष्ठ र निराजन रानाले कास्य जितेका हुन्। 

प्रतियोगिताका जुलाई २६ मा सुरु भएको थियो। प्रतियोगितामा ४४ देशका २ सय १४ जनाले प्रतिष्पर्धा गरेका थिए। 

यो वर्ष रजत पदक जित्ने लक्ष्य भए पनि सामान्य त्रुटिका कारण कास्यमै सीमित हुनुपरेको इकोनोमिक्स ओलाम्पियाड सहसंस्थापक भूपदेव शाहले बताए। उनका अनुसार नेपालले सहभागिताको पहिलो वर्ष १ र दोस्रो वर्ष २ कास्य पदक जितेको उनले बताए। 

१८ साउन, २०७८, २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।