निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि दोषी कानुनी दायरामा नआउनु दुःखद भएको भन्दै कारबाहीको मागसहित कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको नागरिक समाज कञ्चनपुरका अध्यक्ष नरबहादुर साउदले बताए।

प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरिक समाजले निर्मला पन्तको हत्या र कोभिड–१९ महामारीको विषयलाई लिएर बुझाएको ज्ञापन पत्र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पठाउने बताए। पन्तको २०७५ साउन १० गते हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो। 

१० साउन, २०७८, २०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।