तोडियो शपथ परम्परा, राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै 

तोडियो शपथ परम्परा, राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै 

तर, उक्त प्रचलन तोड्दै राज्यमन्त्री श्रेष्ठलाई सिंहदरबारमै पद तथा गोपनीयताको शपथ गराइयो। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सिंहदरबारमा आज शपथ गराए। 

त्यसो त राष्ट्रपतिको कार्यालयले कोरोना संक्रमणको महामारी भन्दै राष्ट्रपतिले गराउने शपथ गराउने बाहेक अरु पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नुनपर्ने उल्लेख गरिसकेको छ। 

नेपालको संविधानमा प्रधानमन्त्री र मन्त्रीको शपथ भने राष्ट्रपतिले गराउने व्यवस्था छ। राज्यमन्त्रीको शपथ भने प्रधानमन्त्रीले गराउने संविधानमा उल्लेख छ। 

नेपाली कांग्रेसका सांसद श्रेष्ठ आजै राज्यमन्त्री नियुक्त भएका हुन्। यससँगै मन्त्रिपरिषद् सदस्यकाे संख्या ६ पुगेकाे छ। 

१० साउन, २०७८, १९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।