महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

न्यायाधीश कुमार रेग्मीको आज (आइतबार)को इजलासले ठाकुरको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुला इजलासमा बहस पैरवी छलफलसमेत गराई गरेको निर्णयलाई रिट निवेदकको मागबमोजिम तत्काल अन्तरिम आदेशबाट कार्यान्वयन हुन रोक्नका लागि निर्णयकर्ता र विवादको अर्काे पक्ष समेतलाई छलफलमा राखी उक्त निर्णयमा ‘अपारेन्ट इरर अफ ल’ छ वा छैन ? रिट निवेदकलाई उक्त निर्णयले अपूरणीय क्षति पुगेको छ÷छैन भन्ने सम्बन्धमा निर्णय हुनु संवैधानिक मर्यादासमेतको दृष्टिकोणले उपयुक्त हुने देखिएको छ,’ सर्वाेच्चको आदेशमा भनिएको छ। 

सर्वाेच्चले उक्त विषयमा छलफल गर्न जसपाका दुवै पक्ष (अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर) पक्षलाई बोलाएको छ। 

निर्वाचन आयोगले जसपाको विवाद निरुपण गर्न केन्द्रीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि साउन ११ गते निर्वाचन आयोगमा सनाखतका लागि बोलाउने निर्णय गरेको थियो। 

 

१० साउन, २०७८, १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।