देशभर थप २२३७ जनामा कोरोना संक्रमण, २०५० निको भए 

देशभर थप २२३७ जनामा कोरोना संक्रमण, २०५० निको भए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट १० हजार ५ सय ६९ र एन्टिजेन विधिबाट ३ हजार २ सय ६५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ८० हजार ५ सय ५६ र एन्टिजेन विधिबाट ५४ हजार ९सय ४१ जनामा संक्रमण देखिएको छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप १८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको मन्त्रालयले जनाएको छ। 

देशभर कोरोना संक्रमण निको हुने दर ९४.६ प्रतिशत छ।

१० साउन, २०७८, १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।