नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा 

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा 

काठमाडौं : साताको पहिलो दिन नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो।

यस दिन २ सय २३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २ सय १२ कित्ता सेयर १ लाख ३९ हजार ३ सय ४० पटक खरिद–बिक्री हुँदा १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४ सय ७२ रूपैयाँको कारोबार भएको छ।

आइतबार १ सय ४५ कम्पनीको सेयर मूल्य बढ्दा ६६ वटा कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

यी हुन् सकारात्मक सर्किट लागेका ९ कम्पनी

यो दिन सबैभन्दा ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा पञ्चकन्या माइ हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स, युनिभर्सल पावर कम्पनी र विशाल बजार कम्पनी छन्।

यस्तै, हिमालयन उर्जा विकास कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नगाडी ग्रुप पावर लिमिटेड, कालिका पावर कम्पनी, राधी विद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

१० साउन, २०७८, १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।