खेलकुद

टोकियो ओलम्पिक : जुडोकी सोनिया पहिलो खेलबाटै बाहिरिइन्

उकेरा संवाददाता


सुटिङ प्रतिस्पर्धा नेपालकी कल्पना परियार (बीच)।

काठमाडौं : टोकियो ओलम्पिक २०२० मा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलबाटै प्रतियाेगिताबाट बाहिरिएकी छन्। 

आज (शनिबार) भएको महिला ४८ केजी तौल समूहको राउण्ड अफ ३२ अन्तर्गतको प्रतिष्पर्धामा रुसकी डोल्गोभा इरिनासँग पराजित हुँदै उनी प्रतियाेगिताबाट बाहिरिएकी हुन्। उनले खेलको १ मिनेट १६ सेकेन्डमै खेल गुमाएकी थिइन्।  

उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन्।

सुटिङतर्फ नेपालकी कल्पना परियार पनि प्रारम्भिक चरणबाटै बाहिरिसकेकी छन्। सुटिङको महिला १० मिटर एयर राइफल स्पर्धामा प्रतिस्पर्धा गरेकी उनले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान भने सुधार गरेकी छन्। 

उनले ६१६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले ६१४.५ अंक बनाएकी थिइन्। 

३२ औं ग्रिष्मकालीन ओलम्पिकमा नेपालका ५ खेलाडी सहभागी छन्। तीमध्ये पौडीमा गौरिका सिंह र अलेक्जेन्डर गाडेगार्ड शाह तथा एथलेटिक्समा सरस्वती चौधरीको खेल बाँकी छ। गौरिकाले जुलाई २७, अलेक्जेन्डरले जुलाई २८ र सरस्वतीले जुलाई ३० मा प्रतिष्पर्धा गर्दै छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

लिगमा चाैथाे हुँदै नेपाली टाेली स्वदेश फिर्ता

ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो। नेपालले आइतबार भएको अन्तिम खेलमा ओमानलाई पहिलो पटक पराजित गरेकाे थियाे। नेपालले....

एसियन कपः नेपाल फिलिपिन्ससँग पराजित

खेलकाे १० औं मिनेटमा नेपालका लागि विमला चाैधरीले गाेल गरे पनि नेपाली टाेलीले सुरुआती अग्रता जाेगाउन सकेन। त्यसपछि दाेश्राे हाफकाे अन्त्यसम्मै खेलमा गाेलकाे खडेरी नै....

त्रिकोणात्मक क्रिकेट: नेपालद्वारा अमेरिकालाई १७५ रनको लक्ष्य, ज्ञानेन्द्रको अर्धशतक

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको पारी खेले। उनले एक सय ५ बलमा ५५ रन बनाएका हुन्। ज्ञानेन्द्रले ९१ औँ बलमा अर्धशतक बनाएका हुन्।....

'सुरक्षा चुनाैती' देखाउँदै न्युजिल्याण्डले रद्द गर्‍याे पाकिस्तानसँगकाे श्रृङ्खला

पाकिस्तान र न्युजिल्याण्डबीच ३ एकदिवसीय र ५ टी ट्वेन्टी श्रृङ्खलाकाे आयाेजना गरिएकाे थियाे। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार न्युजिल्याण्डकाे टाेली पाकिस्तान छाेड्ने तयारीमा रहेकाे छ। याेसँगै न्युजिल्याण्ड....

अमेरिकाविरुद्व नेपाल ब्याटिङ गर्दै, गुलशन झाकाे डेब्यु

अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ। राष्ट्रिय टोलीमा गुलशनको यो डेब्युसमेत हो। आज....