उकेरा कला

पशुपति शर्माको गण्डकी सलल, अन्जु पन्तको छटपटी

भोला अधिकारी 


काठमाडौं : यो साता नेपाली साङ्गीतिक बजारमा तीज गीतका साथै  आधुनिक लोक गीत सार्वजनिक भएका छन्। सार्वजनिक भएका गीत माया प्रेमकै भाव बोकेका छन्। 

पशुपति रचनाकोगण्डकी सलल

लोक गायक पशुपति शर्मा गायिका रचना रिमालको आवाजमा नयाँ तीज गीतगण्डकी सललसार्वजनिक भएको छ। गायक पशुपति शर्माकै शब्द रचना भाका रहेको गीतलाई सङ्गीत संयोजन गर्ने काम सुनिल परियारले गरेका छन्।

आफ्नो मायालुलाई अरू बेला भेट नभए पनि तीजका बेला भेट भएको प्रेमका सुरुवातका दिनहरू सम्झिएको भाव गीतले बोलेको  

स्मृति तिमल्सिना (गुरु आमा)को निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको भिडियोमा रुविना अधिकारी लोमश शर्माले छमछम नाचेका छन्। 

दुर्गा पौडेलले खिचेको यस भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन्। 

पुष्पन एलिनाकोऐना हेरी हेरी

गायक पुष्पन प्रधान एलिना चौहानको स्वरमाऐना हेरी हेरीगीतको अफिसियल म्युजिक भिडियो रिलिज भएको छ। भीम बिसीको सङ्गीत रहेको गीतमा शिवराज योगीको शब्द छन्। 

गम्भीर विष्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा आकाश कार्की अनु काफ्लेले अभिनय गरेका छन्। बटौली, तीन पाते जस्ता गीतमा अभिनय गरेकी अनु आकाश कार्कीले पहिलो पटक एक साथ काम गरेका हुन्। नजिकिँदै गएको तिज कोरोना महामारीको प्रकोप रहेको अप्ठ्यारो अवस्थालाई गीतको भिडियोमा झल्काइएको छ। 

सविता अधिकारीको निर्माण तथा नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ। भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन्। 

पुर्वमिस नेपाल उषा खड्गीकोघात गर्दा 

पुर्वमिस नेपाल उषा खड्गी लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छन्। निरोज लामाको सङ्गीत, खड्ग भट्टराईको शब्द विश्व नेपालीको स्वर रहेको गीतघात गर्दाको भिडियोमा उषा खड्गीले अभियन गरेकी छन्। यस भिडियोमा उनलाई रामहरि खड्काले अभिनयमा साथ दिएका छन् भने आरुष के सी दिपिशा कोइरालाको पनि अभिनय रहेको छ। 

नितिन चन्दको निर्देशनमा बनेको भिडियोलाईहाइलाइटस नेपालकोयुट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

दुर्गेश जुरेलीको बिच्च बिच्चमा

मोडल तथा गायक दुर्गेश थापाले यस वर्ष पनि तीज गीत ल्याएका छन्। उनीबिच्च बिच्चमाभाग दुई लिएर दर्शकमाझ आएका छन्। आफैले गाएको गीतमा समीक्षा अधिकारी अस्मिता जुरेलीले गायनमा साथ दिएका छन्। दुर्गेश थापा राम खत्रीले गीतलाई लेखेका छन् भने भाका हाल्ने काम दुर्गेशले नै गरेका छन्। 

गीतको भिडियोमा दुर्गेशका साथै अस्मिता जुरेली चाँदनीले नाचेका छन्। काजिश श्रेष्ठको निर्देशन, अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्। 

राजु,सरोज भावनाकोनजाऊ पियारी

गायक राजु परियार, सरोज लामिछाने गायिका जानुका लामिछाने निरौलाको स्वरमानजाऊ पियारीबोलको गीत सार्वजनिक भएको छ। जानुका लामिछाने निरौलाको शब्द रहेको गीतमा सङ्गीत प्रभावन जेको रहेको छ।

शंकर बिसीले निर्देशन गरेको भिडियोलाई बासु बरालले सम्पादन नवीन घर्ती मगरले सम्पादन गरेका छन्। डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा शंकर बिसी, भावना लामिछाने सरोज लामिछाने फिचर्ड छन्।नजाऊ पियारीबोलको गीतमा मौलिक शब्द समावेश छन्। 

सुधीर गीताकोकमाल किरिमको 

गायिका रानी शाक्य आधुनिक डान्सिङ गीतकमाल किरिमकोलिएर प्रस्तुत भएकी छन्। बाबुल गिरीको सङ्गीत रहेको गीतको गायनमा रानी शाक्यलाई गायक सम्राट् चौलागाईले साथ दिएका छन्।

सुधीर श्रेष्ठ गीता ढुङ्गानाको अभिनय रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, शिलन लम्सालको सम्पादन प्रथम छेत्रीको निर्देशन रहेको छ। 

हाल अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्दै आएकी गायिका शाक्यले अहिलेसम्म दर्जन भन्दा बढी गीतहरू श्रोता तथा दर्शकमाझ ल्याइसकेकी  छन्। 

गणेशको आयो तिम्रै राजामा यसराज सरिता

गायक गणेश थापाको स्वर रहेकोआयो तिम्रो राजाबोलको गीतको भिडियो रिलिज भएको छ। बुढासुब्बा डिजिटलबाट रिलिज भएको रोमान्टिक शैलीको यो आधुनिक गीत नृत्य प्रधान रहेको छ। गीतमा सुवर्ण कुमार श्रेष्ठको सङ्गीत सङ्गीत संयोजन छ। गीतलाई सुदन लुइँटेलले लेखेका हुन्।

यस गीतको भिडियोमा अभिनेता यसराज गराच गायिका तथा मोडल सरिता भारती प्रस्तुत भएका छन्। यी दुईको सम्बन्धमा सहयोगी भएर अर्की मोडल मञ्जुला गिरी पनि कलाकारको रूपमा प्रस्तुत भएकी छन्। 

भिडियोलाई नृत्य निर्देशन सुवास बुढाथोकीले गरेका छन्। सुरेश कुमार राउतको सम्पादन, टङ्क केसीको छायाङ्कन, बिना रानामगर शोभा श्रेष्ठको श्रंगार रहेको यो गीत भिडियोको निर्माता सवनम थापा नेहा थापा हुन्। 

उमेरले ६० पुग्दै गर्दा थापा गायकको रूपमा पहिलो पटक श्रोता तथा दर्शकमाझ आएका हुन्।

अन्जु पन्तकोछटपटी 

लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा समावेशछटपटीबोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा राज लिम्बुको शब्द सङ्गीत रहेको छ। प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास पिडालाई समेटेर तयार पारिएको यस गीतलाई दीपक राज विश्वकर्माले सङ्गीत संयोजन गरेका छन्। यसअघि गायक लिम्बुको स्वरमाबुझिदेऊ’, ’ पागल’, ’जलेर खरानीलगायतका गीतहरू सार्वजनिक भैसकेका  छन्।  

वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की विष्णु कट्टेलबिचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। इजरायलमा छायाङ्कन गरिएको यस भिडियोलाई सन्तोष माबोको छायाङ्कन, सम्पादन निर्देशनमा तयार पारिएको हो।

गायक लिम्बुको आधिकारिक च्यानलराज लिम्बुमार्फत भिडियो सार्वजनिक गरिएको हो।  

नेपाल आइडलका विक्रमकोदोषी मन’ 

नेपाल आइडलबाट उदाएका विक्रम बरालको स्वर अनुप पाहारीको शब्द सङ्गीतमादोषी मनसार्वजनिक भएको छ। यस गीतको भिडियोलाई राजु गुरुङले निर्देशन गरेका छन् भने सैलेश्वोरी सिंह, गिरीश पोखरेल, विक्रम बराल नवल लामाको अभिनय रहेको छ। 

कतिपय मान्छेहरूले गल्ती अरूलाई देखाउने गर्छन् तर यो गीतमा भने आफ्नै दोषी मन भएको भाव व्यक्त गरिएको छ। सार्वजनिक गीत एवं म्युजिक भिडियोमा केही फरक दृश्य दिएको देख्न देखिन्छ। यसै कारण पनि गीतलाई दर्शक श्रोताहरूले रुचाउनेमा निर्माण टिम विश्वस्त रहेको छ। यस भिडियोमा मिलन राइको सम्पादन, प्रिन्स श्रेष्ठको कलर, लोक चन्द्र थापाको छायाङ्कन समावेश रहेको छ।  

भ्वाइस अफ नेपाल की सुदिता राईकोमिठा मिठा’ 

नेपालको चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन को नकआउटबाट बाहिरिएकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत रिलिज भएको छ।मिठा मिठाबोलको गीतमा गायिका सुदिताकै शब्द तथा सङ्गीतमा सार्वजनिक भएको हो। यस गीतलाई गायक तथा सङ्गीतकार देवेश राईले एरेञ्ज गरेका छन्। 

गीतमा बिछोडको पिडालाई गीतको भिडियोमार्फत देखाउन खोजिएको छ। यस गीतको भिडियोमा गायिका सुदिता आफैले अभिनय गरेकी छन्। भिडियोलाई विशाल राईले निर्देशन गरेका हुन् भने छायाङ्कन सम्पादन पनि विशालकै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

रूप फेरिरहने प्रमाेद: कहिले तेस्रो लिङ्गी बने, कहिले चलचित्रको सेटमै बेहोस भए

चरित्रमा प्रवेश गर्न र अभिनय गरुञ्जेल उनी हिँड्दा पनि केटीको चप्पल लगाएर हिँड्थे। हातमा मेहेन्दी, कानमा झुम्का टुट्दैनथ्यो। मण्डलाका उनका केटा साथीहरू उनलाई ‘केटी भएको....

गायक प्रमोद खरेलले ल्याए 'आज मेरो दिल जलेर' बोलको गीत

गीत रवि प्याकुरेल अञ्जानले लेखेका हुन्। गीतमा राज कुमारको संगीत सञ्योजन रहेको छ। गीतसँगै म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। प्रेम पीडालाई प्रस्तुत गरिएको गीतको....

नायिका प्रियङ्का बनिन् छोरी आयंकाकी आमा 

उनका श्रीमान् नायक आयुशमान देशराज जोशी छोरीको बुबा बनेका छन्। ‘हाम्री सानी परी, संसारमा स्वागत छ। हाम्रो जिन्दगीमा स्वागत छ,आयांका कार्की जोशी,’ प्रियङ्काले सामाजिक सञ्जालमा....

क्रियटिभ काम हैन लोक दोहोरी

माथि उल्लेख गरिएको रेकर्डेड दोहोरी गीतलाई युट्युवमा झण्डै ६३ लाख पटक हेरिएको छ। अब अर्को उदाहरण हेरौः केटीः सँगै छोरो लैजान्छु हेर कति बस्नु....

भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन-२

आज भएको फाइनलमा उनी विजेता बनेसंगै कार र २५ लाख पुरस्कार पाएका छन्। विक्की दोस्रो भए भने सन्तोष तेस्रो भएका थिए। फाइनलमा विजेताहरूलाई....