खेलकुद

टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान 

उकेरा संवाददाता


काठमाडौं : टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भंग गरेकी छन्।

महिला १० मिटर एयर राइफलमा कल्पनाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन् । 

आज बिहान भएको छनोट चरणमा आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी कल्पना चौथो भएकी थिइन्।

टोकियो ओलम्पिकको सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी कल्पना फाइनल चरणमा भने पुग्न सकिनन्। टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

लिगमा चाैथाे हुँदै नेपाली टाेली स्वदेश फिर्ता

ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो। नेपालले आइतबार भएको अन्तिम खेलमा ओमानलाई पहिलो पटक पराजित गरेकाे थियाे। नेपालले....

एसियन कपः नेपाल फिलिपिन्ससँग पराजित

खेलकाे १० औं मिनेटमा नेपालका लागि विमला चाैधरीले गाेल गरे पनि नेपाली टाेलीले सुरुआती अग्रता जाेगाउन सकेन। त्यसपछि दाेश्राे हाफकाे अन्त्यसम्मै खेलमा गाेलकाे खडेरी नै....

त्रिकोणात्मक क्रिकेट: नेपालद्वारा अमेरिकालाई १७५ रनको लक्ष्य, ज्ञानेन्द्रको अर्धशतक

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको पारी खेले। उनले एक सय ५ बलमा ५५ रन बनाएका हुन्। ज्ञानेन्द्रले ९१ औँ बलमा अर्धशतक बनाएका हुन्।....

'सुरक्षा चुनाैती' देखाउँदै न्युजिल्याण्डले रद्द गर्‍याे पाकिस्तानसँगकाे श्रृङ्खला

पाकिस्तान र न्युजिल्याण्डबीच ३ एकदिवसीय र ५ टी ट्वेन्टी श्रृङ्खलाकाे आयाेजना गरिएकाे थियाे। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार न्युजिल्याण्डकाे टाेली पाकिस्तान छाेड्ने तयारीमा रहेकाे छ। याेसँगै न्युजिल्याण्ड....

अमेरिकाविरुद्व नेपाल ब्याटिङ गर्दै, गुलशन झाकाे डेब्यु

अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ। राष्ट्रिय टोलीमा गुलशनको यो डेब्युसमेत हो। आज....