खेलकुद

ओलम्पिकको ३२ औं संस्करण उद्घाटन 

उकेरा संवाददाता


तस्बिर सौजन्य : टोकियो ओलम्पिक २०२०

काठमाडौं : विश्व खेलकुदको महाकुम्भ रूपमा रहेको ओलम्पिकको ३२ औं संस्करणको उद्घाटन गरिएको छ। 

जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहबीच ओलम्पिकको ३२ औं संस्करणको उद्घाटन गरिएको हो। 

नेपाली समय अनुसार पौने ५ बजे सुरु भएको उद्घाटन समारोहमा जापानको राष्ट्रिय गानसँगै जापानी सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ। 

समारोहमा जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति छ। 

अगस्ट ८ सम्म सञ्चालन हुने ओलम्पिकमा ३३ खेल समावेश गरिएको छ। जसमा २ सय ६ देशका ११ हजार ३ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। नेपालबाट भने ४ खेलका ५ खेलाडीले प्रतिष्पर्धा गर्ने छन्। 

गत वर्ष तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीको कारण एक वर्ष ढिला आयोजना गरिएको हो। 

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

लिगमा चाैथाे हुँदै नेपाली टाेली स्वदेश फिर्ता

ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो। नेपालले आइतबार भएको अन्तिम खेलमा ओमानलाई पहिलो पटक पराजित गरेकाे थियाे। नेपालले....

एसियन कपः नेपाल फिलिपिन्ससँग पराजित

खेलकाे १० औं मिनेटमा नेपालका लागि विमला चाैधरीले गाेल गरे पनि नेपाली टाेलीले सुरुआती अग्रता जाेगाउन सकेन। त्यसपछि दाेश्राे हाफकाे अन्त्यसम्मै खेलमा गाेलकाे खडेरी नै....

त्रिकोणात्मक क्रिकेट: नेपालद्वारा अमेरिकालाई १७५ रनको लक्ष्य, ज्ञानेन्द्रको अर्धशतक

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको पारी खेले। उनले एक सय ५ बलमा ५५ रन बनाएका हुन्। ज्ञानेन्द्रले ९१ औँ बलमा अर्धशतक बनाएका हुन्।....

'सुरक्षा चुनाैती' देखाउँदै न्युजिल्याण्डले रद्द गर्‍याे पाकिस्तानसँगकाे श्रृङ्खला

पाकिस्तान र न्युजिल्याण्डबीच ३ एकदिवसीय र ५ टी ट्वेन्टी श्रृङ्खलाकाे आयाेजना गरिएकाे थियाे। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार न्युजिल्याण्डकाे टाेली पाकिस्तान छाेड्ने तयारीमा रहेकाे छ। याेसँगै न्युजिल्याण्ड....

अमेरिकाविरुद्व नेपाल ब्याटिङ गर्दै, गुलशन झाकाे डेब्यु

अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ। राष्ट्रिय टोलीमा गुलशनको यो डेब्युसमेत हो। आज....