उकेरा अपडेट

खोप लगाएका नेपाली कामदारले साउदी पुग्दा क्वारेनटिनमा बस्न नपर्ने  

उकेरा संवाददाता


काठमाडौं : रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारलाई जोनसन एन्ड जोनसनको खोप लगाएर मात्र आउन साउदीमा रहेका नेपाली दूतावासले सूचना जारी गरेको छ।

छुट्टीमा नेपाल आएका र रोजगारीका लागि साउदी अरब जान लागेका नेपालीलाई दूतावासले जोनसन एन्ड जोनसनको खोप लगाउन सूचित गरेको हो। 

दूतावासले विज्ञप्ति निकालेर साउदी अरबमा फाइजर, अष्ट्राजिनेका, मोडेर्ना र जोनसन एन्ड जोनसनको खोपले मान्यता पाएको जनाएको छ। नेपालमा फाइजर तथा मोडेर्नाको खोप हालसम्म उपलब्ध छैन। अष्ट्राजिनेकाको भारतीय साझेदार कम्पनी सिरम ईस्न्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड पनि हाल उपलब्ध छैन।

जोनसन एन्ड जोनसनको खोप लगाएको १४ दिनपछि साउदी अरब पुग्ने नेपालीले संस्थागत क्वारेनटिनमा बस्न नपर्ने दूतावासले निकालेको विज्ञप्तिमा लेखिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर डाक्टर बनेका विजयश्यामलाई सिआइबीले समात्यो

ललितपुर महानगरपालिका-२ घर भएका रञ्जितले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिएर काम गरेको सिआइवीले दाबी गरेको छ। सिआइबीले उनी विरुद्ध अनुसन्धान सकाइसकेको....

तोडियो शपथ परम्परा, राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै 

तर, उक्त प्रचलन तोड्दै राज्यमन्त्री श्रेष्ठलाई सिंहदरबारमै पद तथा गोपनीयताको शपथ गराइयो। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सिंहदरबारमा आज शपथ गराए।  त्यसो त राष्ट्रपतिको कार्यालयले कोरोना....

महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

न्यायाधीश कुमार रेग्मीको आज (आइतबार)को इजलासले ठाकुरको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  ‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुला इजलासमा बहस पैरवी....

देशभर थप २२३७ जनामा कोरोना संक्रमण, २०५० निको भए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा कोरोना पोजेटिभ....

देउवालाई व्यापारी नै प्रिय : स्वास्थ्य मन्त्रालयको जिम्मा शिक्षा व्यापारीलाई

डोबाटेलाई मन्त्रीको शपथ खान बोलाएर बिच बाटैमा अलपत्र पारेर गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले थापालाई मन्त्री कानुन मन्त्री बनाए। गठबन्धनको बलमा मुख्यमन्त्री बनेका पोखरेल नेपाली....