उकेरा अपडेट

पुष्पलालको स्मृति दिवसमा एमालेको छुट्टा छुट्टै कार्यक्रम 

उकेरा संवाददाता


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसमा नेपालका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरेर उनको योगदानको स्मरण गर्दै छन्।  

जननायक बिपी कोइरालाको स्मृति दिवसको भोलिपल्ट पुष्पलालको स्मृति दिवस मनाइने गरिछ।

श्रेष्ठले दाजु गङ्गालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। 

नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो।

नेकपा विभिन्न चरणमा फुटेर अहिले विभिन्न कम्युनिस्ट पार्टी बनेका छन्। श्रेष्ठको स्मृति दिवसमा नेकपा एमालेको केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टा छुट्टै कार्यक्रम गर्दै छन्। 

एमाले ओली पक्षले १० औँ केन्द्रीय कमिटी बैठक बस्नु अगाडि दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम गर्ने जनाएको छ। वरिष्ठ नेता नेपाल पक्षले कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा कार्यक्रम गर्दैछ।

कार्यक्रममा बेदुराम भुसाल, माधव पन्थी र ढाकाराम सापकोटाद्वारा संयुक्त रूपमा लिखित पुष्पलाल श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘नेपाल रत्न पुष्पलाल’ को विमोचन हुनेछ। 

यस्तै त्यसैगरी पुष्पलाल मित्रता केन्द्रले भोलि शुक्रबार नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रमको आयोजना गर्ने जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर डाक्टर बनेका विजयश्यामलाई सिआइबीले समात्यो

ललितपुर महानगरपालिका-२ घर भएका रञ्जितले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिएर काम गरेको सिआइवीले दाबी गरेको छ। सिआइबीले उनी विरुद्ध अनुसन्धान सकाइसकेको....

तोडियो शपथ परम्परा, राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै 

तर, उक्त प्रचलन तोड्दै राज्यमन्त्री श्रेष्ठलाई सिंहदरबारमै पद तथा गोपनीयताको शपथ गराइयो। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सिंहदरबारमा आज शपथ गराए।  त्यसो त राष्ट्रपतिको कार्यालयले कोरोना....

महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

न्यायाधीश कुमार रेग्मीको आज (आइतबार)को इजलासले ठाकुरको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  ‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुला इजलासमा बहस पैरवी....

देशभर थप २२३७ जनामा कोरोना संक्रमण, २०५० निको भए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा कोरोना पोजेटिभ....

देउवालाई व्यापारी नै प्रिय : स्वास्थ्य मन्त्रालयको जिम्मा शिक्षा व्यापारीलाई

डोबाटेलाई मन्त्रीको शपथ खान बोलाएर बिच बाटैमा अलपत्र पारेर गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले थापालाई मन्त्री कानुन मन्त्री बनाए। गठबन्धनको बलमा मुख्यमन्त्री बनेका पोखरेल नेपाली....