उकेरा न्युज

संविधानको धारा ७६ (५) संशोधन गर्न पहल गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय 


फाइल तस्बिर।

काठमाडौं : नेकपा एमालेले नेपालको संविधानको धारा ७६ (५) संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकले संविधानका धारा ७६ (५) संशोधन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। 

बैठकले विभिन्न चार प्रस्तावसमेत पारित गरेको उनले बताए। जसमा सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे पार्टीको विमति जनतासम्म पुर्याउने उल्लेख छ। 

यस्तै, बैठकले सर्वोच्चको फैसलाले पार्ने ‘साइड इफेक्ट’लाई संवैधानिक माध्यमबाट समाधान गर्न प्रयास गर्ने प्रस्ताव पनि पारित गरेको उनले बताए। 

बैठकले ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको ठहरसमेत गरेको निर्णय गरेको छ। 

एमालेले प्रतिपक्षका रूपमा प्रभावकारी भूमिका खेल्ने तथा संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि अग्रपंतिमा रहने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रत्यत्न गर्ने बताएका थिए।

बैठक भोलि फेरि बस्ने छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिकिलाे ५ सय रूपैयाँकाे ३९ सय खसीबोका काठमाडौं पठाइयो

चाडपर्वसँगै बजारमा खसीबोकाको अभाव देखिएका बेलामहिलाले उत्पादन गरेका खसीबोका काठमाडौं पठाइएको स्थानीय पदमबहादुर दर्लामीले जानकारी दिए। उनीहरूले खसीको न्यूनतम मूल्यसमेत निर्धारण गरेर मात्रै खसी पठाएका हुन्।....

स्वास्थ्य मन्त्रीसँग भेटेर मिलन पाण्डेले दिए डेंगु नियन्त्रण गर्ने तीन सुझाव

पाण्डेले आफू पुगेको अस्पतालहरूको अवस्थाको बारेमा समेत मन्त्रीलाई जानकारी गराउँदै तीनबुँदे सुझावसमेत दिएका छन्। उनले स्थानीय तहसँग मिलेर सचेतनाको कार्यक्रम गर्न, लामखुट्टेको चेन ब्रेक गर्न....

चुनावको मुखैमा दुई नेताले छाडे बादल समूह, माओवादी केन्द्रमै प्रवेश

दुवै पूर्वमाओवादी नेताहरूलाई अध्यक्ष प्रचण्डले शुक्रबार पार्टीमा स्वागत गरेका छन्। उनीहरू तत्कालीन नेकपा विभाजनपछि बादल समूहसँगै एमालेमा रहेका थिए। कुँवर माओवादी जनमुक्ति सेनाका कमाण्डरसमेत थिए।....

सात कराेडकाे लागतमा संग्रहालय बनाइयाे देवकाेटाले १० वर्ष विताएकाे कविकुञ्ज, एक वर्षसम्म निःशुल्क प्रवेश

सात करोड ११ लाख रूपैयाँको लागतमा निर्माण भएको महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज सङ्ग्रह गरिएको छ। महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन....

हत्याको कार्यविधि सङ्गठित, पक्राउ परेका आरोपित 'भुराभुरी'

प्रहरीको दाबीअनुसार पक्राउ परेकाहरू हत्याको योजनाकार, हतियार व्यवस्थापक अनि लाल मोहम्मदको निगरानी गर्ने भूमिकामा संलग्न देखिएका छन्। पर्साका २१ वर्षीय मोहरम मियाँ हत्याको योजनाकार र....