उकेरा अपडेट

प्रधानमन्त्री देउवा र विप्लव नेतृत्वकाे नेकपाका नेताबीच भेटवार्ता

३ बुँदे सहमति कार्यान्वयनमा सरकार सकारात्मक रहेको दाबी 

उकेरा संवाददाता


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताबीच भेटवार्ता भएको छ। 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव नेतृत्वको टोलीले आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेटवार्ता गरेको हो। विप्लव नेतृत्वको टोलीमा नेताद्वय धमेन्द्र बास्तोला र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए।  

भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँणसमेत सहभागी थिए।

नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार भेटवार्तामा केपी शर्मा ओली सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन तथा पार्टीका नेता–कार्यकर्ताको रिहाइबारे छलफल भएको थियो।

छलफलका क्रममा प्रधानमन्त्री देउवाले सरकार र विप्लव नेतृत्वको माओवादीबीच भएको सहमति कार्यान्वयनमा सकारात्मक रहेको बताएको उनले जानकारी दिए। 

नयाँ सरकार गठन भएसँगै नेकपाले भेटवार्तालाई तीव्रता दिँदै आएको छ। 

नेकपाले सहमति कार्यान्वयन र कम्युनिष्ट एकतालाई मुख्य एजेण्डाका रूपमा उठाएर भेटघाटलाई तीव्रता दिइरहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर डाक्टर बनेका विजयश्यामलाई सिआइबीले समात्यो

ललितपुर महानगरपालिका-२ घर भएका रञ्जितले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिएर काम गरेको सिआइवीले दाबी गरेको छ। सिआइबीले उनी विरुद्ध अनुसन्धान सकाइसकेको....

तोडियो शपथ परम्परा, राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै 

तर, उक्त प्रचलन तोड्दै राज्यमन्त्री श्रेष्ठलाई सिंहदरबारमै पद तथा गोपनीयताको शपथ गराइयो। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सिंहदरबारमा आज शपथ गराए।  त्यसो त राष्ट्रपतिको कार्यालयले कोरोना....

महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

न्यायाधीश कुमार रेग्मीको आज (आइतबार)को इजलासले ठाकुरको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  ‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुला इजलासमा बहस पैरवी....

देशभर थप २२३७ जनामा कोरोना संक्रमण, २०५० निको भए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा कोरोना पोजेटिभ....

देउवालाई व्यापारी नै प्रिय : स्वास्थ्य मन्त्रालयको जिम्मा शिक्षा व्यापारीलाई

डोबाटेलाई मन्त्रीको शपथ खान बोलाएर बिच बाटैमा अलपत्र पारेर गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले थापालाई मन्त्री कानुन मन्त्री बनाए। गठबन्धनको बलमा मुख्यमन्त्री बनेका पोखरेल नेपाली....