प्रदेश

सेती अस्पतालमा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना सङ्क्रमण

उकेरा संवाददाता


धनगढी : धनगढीमा गरिएको कोरोना परीक्षणमा थप ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १२२ नमुना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। 

हाल अस्पतालमा १८ जना सङ्क्रमित उपचाररत छन्। जसमध्ये २ जना सङ्क्रमित आइसियु, १० जना अक्सिजन सर्पोटरमा उपचाररत रहेका श्रेष्ठले बताए।

यस्तै पछिल्लो २४ घण्टामा ३ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने २ जना सङ्क्रमित निको भएर घर फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जुत्ता–चप्पल सिलाउनेको दुखेसो– सडक छेउमा बसे नगरपालिकाले धपाउँछ, हामी कहाँ जाऔं ? 

छोराले छाडेपछि श्रीमतीसँगै बस्दै आएका उनकाे यहीको कमाइबाट घरखर्च चलेको छ।   तर, पछिल्लो समय नगरपालिकाका कर्मचारी र ट्राफिक प्रहरीले सडक छेउमा बसेर काम गर्न....

निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि दोषी कानुनी दायरामा नआउनु दुःखद भएको भन्दै कारबाहीको मागसहित कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत नेपाल सरकारको....

सुर्खेतमा थप २८ हजारलाई कोरोना विरुद्धको खोप लगाइँदै

२८ हजार ७ सय १२ जना नागरिकलाई खोप लगाउने उद्देश्यले अभियान सुरु हुन लागेको हो।  कार्यतालिका अनुसार भोलि ११ गते ५५ वर्ष उमेर पुगेका र....

विद्यार्थी आन्दोलनका कारण एमयुका सबै मौका परीक्षा स्थगित

संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै परीक्षा स्थगित गरेकाे जनाएकाे छ।   परीक्षा व्यवस्थापन....

बझाङमा सेती नदीमा हाम फालेर पुरुष बेपत्ता 

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार नदीमा हाम फालेर बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका—११, का ६० वर्षीय धर्मराज जोशी छन्। नदीमा बेपत्ता जोशीको खोजीका लागि नेपाल प्रहरीसँगै....