प्रदेश

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सबै उपकरण जडानपछि ग्राउन्ड परीक्षण

दीपक घिमिरे


भैरहवा : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणको लागि तयार भएको छ। 

विमानस्थलमा उडान र अवतरण गर्नका लागि चाहिने आइसीवी जिरो टु  (०२) अन्तर्गतको नेभिगेसनल सिस्टम जडान भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ। 

आइसीवी जिरो टुको प्रमुख लक्ष्य अन्तर्गत भीओआरडीएमई र आइएलएस जडान गरेर परीक्षण समेत गरिएको छ।

आइसीवी जिरो वन र जिरो टु अन्तर्गत उडान र अवतरण गर्न चाहिने सबै उपकरण जडानपछि ग्राउन्ड परीक्षण समेत गरिएको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई. प्रवेश अधिकारीले जानकारी दिए। 

क्यालिब्रेसन फ्लाइट गरिने

आयोजना प्रमुख अधिकारीका अनुसार अव क्यालिब्रेसन फ्लाइट गरिने छ।  लाइट क्यालिब्रेसन पछि प्राविधिकरुपमा विमानस्थल तीन महिना भित्रमा व्यावसायिक रूपमा सञ्चालन गर्न योग्य हुनेछ।

कोरोना महामारीका कारण विदेशी श्रमिक आउन नसकेपछि निर्माण कार्यमा केही समय ढिलाइ भएको विमानस्थल अहिले परीक्षण उडानको लागि तयार भएको हो। क्यालिब्रेसन लाइट गर्ने जिम्मा थाइल्यान्डको सरकारी कम्पनी एरोथाइले पाएको छ।

थाइल्यान्ड सरकारले कोरोना महामारीका कारण अहिले थाइल्यान्ड भित्र जान र बाहिर आउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्धका कारण एरोथाइले क्यालिब्रेसन फ्लाइटको काम कहिले गर्छ भन्ने निश्चित छैन।

‘विमानस्थल सुरक्षित रूपमा अन्तर्राष्ट्रिय उडान र अवतरणको लागि तयार भइसकेको छ, तर एरोथाइले कहिले क्यालिब्रेसन फ्लाइट गर्छ त्यसमा भर पर्छ।’ आयोजना प्रमुख अधिकारीले भने, ‘क्यालिब्रेसन फ्लाइट बाहेक अब विमानस्थलमा टर्मिनल भवनको फिनिसिङ र फर्निसिङको केही काम मात्र बाकी छ।’

अधिकारीका अनुसार अहिले टर्मिनल भवनमा एसी जडानको काम भइरहेको छ। ‘थोरै मात्रामा एसीको समान आउन बाकी छ त्यो ७–८ दिन भित्र आइपुग्ने छ, त्यसपछि टर्मिनल भवनको काम सक्ने गरी अघि बढ्ने छौ’अधिकारीले भने।

अधिकारीका अनुसार करिब २ महिना भित्रमा विमानस्थलको टर्मिनल भवनले अन्तिम रूप लिनेछ।

आइसीवी जिरो वन (०१) अन्तर्गत एयर कन्डिसनको कामका लागि आउन लागेका चिनियाँ जनशक्ति चीनबाट हिँडेका थिए। तर उनीहरू आउन लागको फ्लाइटमा कोभिड देखिएपछि उनीहरू चीन नै फर्किएका थिए।

जसका कारण पहिले नै सकिनुपर्ने टर्मिनल भवनको काममा ढिलाइ भएको उनले बताए। यसैले एयर कन्डिसन प्रविधि जडानका लागि चिनिया जनशक्तिकै समन्वयमा हाललाई उनीहरूको विकल्पस्वरुप भारतीय प्राविधिक ल्याएर काम अघि बढाइएको छ।

भौतिक प्रगति ९७.३३ प्रतिशत

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९७.३३ प्रतिशत रहेको छ। विमानस्थलमा अहिले ६५ जना नेपाली कामदार, २० जना भारतीय कामदार र १५ जना चिनिया कामदारले काम गर्दै आएका छन्।

विमानस्थलको म्याद पछिल्लो समय सकिएको छ। आयोजनाले म्याद थपको लागि नागरिक उड्डयन प्राधिकरणमा पत्र पठाएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा निर्माण सम्पन्न भएपछि बोइङ ७७७, एयरबस ३२० जस्ता ठुला विमान पनि भैरहवामा अवतरण गर्न सक्ने छन्। 

एसियाली विकास बैङ्कको अनुदान तथा ऋण सहयोगमा विमानस्थलको स्तरोन्नतिका लागि सरकारले चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन विमानस्थल निर्माण समूहलाई जिम्मा दिएको छ।

कुल करार मूल्य ६ अर्ब २२ करोड, ५१ लाख २० हजार २२८ रुपैयाँ रहेकामा एसियाली विकास बैङ्कको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत ऋण, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानस्थलको स्तरोन्नति हुदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जुत्ता–चप्पल सिलाउनेको दुखेसो– सडक छेउमा बसे नगरपालिकाले धपाउँछ, हामी कहाँ जाऔं ? 

छोराले छाडेपछि श्रीमतीसँगै बस्दै आएका उनकाे यहीको कमाइबाट घरखर्च चलेको छ।   तर, पछिल्लो समय नगरपालिकाका कर्मचारी र ट्राफिक प्रहरीले सडक छेउमा बसेर काम गर्न....

निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि दोषी कानुनी दायरामा नआउनु दुःखद भएको भन्दै कारबाहीको मागसहित कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत नेपाल सरकारको....

सुर्खेतमा थप २८ हजारलाई कोरोना विरुद्धको खोप लगाइँदै

२८ हजार ७ सय १२ जना नागरिकलाई खोप लगाउने उद्देश्यले अभियान सुरु हुन लागेको हो।  कार्यतालिका अनुसार भोलि ११ गते ५५ वर्ष उमेर पुगेका र....

विद्यार्थी आन्दोलनका कारण एमयुका सबै मौका परीक्षा स्थगित

संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै परीक्षा स्थगित गरेकाे जनाएकाे छ।   परीक्षा व्यवस्थापन....

बझाङमा सेती नदीमा हाम फालेर पुरुष बेपत्ता 

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार नदीमा हाम फालेर बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका—११, का ६० वर्षीय धर्मराज जोशी छन्। नदीमा बेपत्ता जोशीको खोजीका लागि नेपाल प्रहरीसँगै....