कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट होम सेन्टरबाटै हुने 

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट होम सेन्टरबाटै हुने 

बोर्डका प्रमुख चन्द्रमणी पौडेलका अनुसार कक्षा १२ को परीक्षा साउन ३१ देखि सम्बन्धित विद्यालयबाट नै गर्ने निर्णय भएको हो।

‘परीक्षा साउन ३१ बाट हुनेछ। आजै केही बेरमा परीक्षा तालिका सार्वजनिक हुँदैछ,’ उनले भने, ‘जुन विद्यालय पढेको हो सोही विद्यालयबाट परीक्षा दिन पाउने छन् विद्यार्थीले।’ 

गत वर्ष ४० प्रतिशत अंकको लागि मात्रै परीक्षा लिएको बोर्डले यसपालि भने शत् प्रतिशत अंकको लागि परीक्षा लिने निर्णय गरेको पौडेलले जानकारी दिए। 

हिजो मात्रै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कक्षा १२ को परीक्षा लिन बोर्डलाई अनुमति दिएको थियो।

५ साउन, २०७८, १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।