नेप्सेमा ९ अंकको करेक्सन

नेप्सेमा ९ अंकको करेक्सन

आज कुल २ सय १९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार एक सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रूपैयाँ बराबरको कारोबार भएको छ।

यो दिनको कारोबारमा ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ वटा कम्पनीको सेयर मूल्य घटेको छ। त्यसैगरी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ।

अधिकांश समूहका सूचक ओरालो लागे पनि आकर्षक लाभांशको आशले म्युचुअल फण्डतर्फ लगानीकर्ता आर्कषित भएका छन्। म्यूचुअल फण्ड ६.२५ प्रतिशतले बढ्दा होटल एण्ड टुरिजम १.६७ प्रतिशत, हाइड्रोपावर सब इन्डेक्स १.२२ र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ ०.२३ प्रतिशतले बढेको छ। अन्य उपसमूहमा गिरावट देखिएको छ।

५ साउन, २०७८, १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।