ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेलका गाडी बजारमा 

ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेलका गाडी बजारमा 

काठमाडौँ : नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरूको साथमा ग्रेट वाल मोटर्स प्रवेश गरेको छ।

नेपालको अटोमोटिभ डिलर सिप क्षेत्रमा विविध अनुभव बोकेको विशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो। 

विभिन्न क्षेत्रमा सँगालेको अनुभवलाई उपयोग गर्दै भी.जी.इम्पेक्सले ग्रेट वाल मोटर्ससँग सहकार्य गरेको जनाएको छ।

ग्रेट वाल मोटर्सको शोरुम थापाथलीमा रहेको र निकट भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नै शोरुमहरुको बृहत् सञ्जाल फैलाउने योजना रहेको भी.जी.इम्पेक्सले जनाएको छ। 

ग्रेट वाल मोटर्सले निकट भविष्यमा ओरा विद्युतीय गाडी एक नयाँ युगको विद्युतीय कार नेपाली बजारमा ल्याउने जानकारी दिएको छ। 

५ साउन, २०७८, ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।