फोटो कथा

खोप केन्द्रमा  ठेलमठेल र भिडभाड : प्रधानमन्त्रीको निर्देशनको प्रभाव देखिएन 

कृष्पा श्रेष्ठ


काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सचिवसहितलाई बोलाएर खोप केन्द्रलाई व्यवस्थित गर्न निर्देशन दिए पनि अमेरिकी सरकारको सहयोगमा सोमबारबाट जोन्सन एन्ड जोन्सनको खोप लगाउने केन्द्रमा निर्देशनको प्रभाव देखिएन।

आजबाट खोपको प्रारम्भ गर्दै प्रधानमन्त्री देउवाले ' आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा संचालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु।खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु' भन्दै ट्विट समेत गरेका थिए।

तर सिभिल अस्पताल र टेकुको खोप केन्द्रमा पुग्दा अवस्था बेहाल देखियो। खोप लगाउन चाहनेहरूको भिड थियो खोप केन्द्र बाहिर। व्यवस्थापन गर्न खटिएका प्रहरीलाई हम्मे हम्मे थियो भिड व्यवस्थापन गर्न। प्रहरीले माइकिङ गरेर भिडभाड नगर्न आग्रह गरे पनि खोप लगाएर कोरोना सङ्क्रमणबाट सुरक्षित हुन आतुर रहेकाहरूले त्यसलाई टेरेनन्।

५० वर्ष माथिकाहरुका लागि सरकारले जोन्सन एन्ड जोन्सनको खोप लगाउन सुरु गरे पनि युवा उमेर समूहकाहरु समेत टन्नै देखिए खोप केन्द्रमा। उनीहरू लाइनमा देखिन्थे। खोप केन्द्र बाहिर भिडमभिड भए पनि खोप केन्द्र भित्र भने केही व्यवस्थित देखिन्थ्यो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

‘थोत्रो थिति फालौं, आउनुस् नयाँ थालौं’

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर रोकियो। त्यस क्रममा दमाहा बजाइयो, गीत गाइयो।  प्रदर्शनकारीले ‘महिला हिंसाविरुद्ध लडिरहेका....

नयाँ प्रधानमन्त्रीको स्वागतमा चोक-चोकमा फोहोरको 'सगरमाथा'

महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकृष्ण श्रेष्ठले फोहोर फाल्ने ठाउँ नहुँदा फोहोर उठ्न नसकेको जानकारी दिए।  ‘हामीले गत....

विश्वासको मत लिन संसद्मा यस्तो छ तयारी

संसद्मा सम्बोधन गरेको आधारमा उनको पक्षमा बहुमत देखिए पनि प्रमाणित हुन मतदान आवश्यक पर्ने भएकाले सचिवालयले पक्ष र विपक्षमा रहेकाहरूलाई छुट्टाछुट्टै मत व्यक्त गर्ने व्यवस्था....

बालकोटको बाल्कोनीमा देखिएको ओलीका दश पोज

बालुवाटारदेखि बालकोटसम्म पुग्दा उनलाई सङ्घका कार्यकर्ताले पानीमा भिज्दै स्कटिङ गरेका थिए। बाल्कोनीमा निस्किएका ओलीले आफ्ना समर्थकहरूलाई सम्बोधन पनि गरे। उनले त्यहाँ भिन्न भिन्न पोज दिइरहेका....

ओलीले सरकारी निवास छाड्दा बालुवाटारदेखि बालकोटसम्म रमिता  

उनले निवास छाड्दा सुरक्षाकर्मीले हैन मङ्गलवार ब्युँतिएको यूथ फोर्सको समूहले रमिता देखाउँदै स्कर्टिङ गरेका थिए। प्रधानमन्त्री नियुक्त....