खेलकुद

श्रीलंकाविरुद्धको एकदिवसीय खेलमा भारत ७ विकेटले विजयी 

उकेरा संवाददाता


तस्बिर : द इण्डियन एक्सप्रेस

काठमाडौं : श्रीलंकाविरुद्धको क्रिकेट शृंखलाअन्तर्गतको पहिलो एक दिवसीय खेलमा भारत विजयी भएको छ।

कोलम्बोमा आइतबार राति भएको खेलमा भारतले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो। श्रीलंकाले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ३६. बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।

भारतलाई जित दिलाउन कप्तान शिखर धवनले अविजित रहँदै ८६ रनको अर्धशतकीय पारी खेले। यस्तै, इशान किशनले ५९ रन, पृथ्वी सोले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेले २६ रन बनाए। 

श्रीलंकाका धनन्जय सिल्भाले २ तथा लक्सन सन्दाकनले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो। उसका लागि चामिका करुनारत्नेले अविजित रहँदै ४३ रन बनाए।

कप्तान डसुन शनकाले ३९ रन बनाउँदा चारिथ आश्लन्काले ३८, मिनोद भानुकाले २७ र भानुका राजपाक्षेले २४ रन जोडे।

भारतका दीपक चहर, युजभेन्द्र चहल र कुलदीप यादवले समान २ विकेट लिए। यस्तै, कुर्णाल पाण्ड्या र हार्दिक पाण्ड्याको नाममा १÷१ विकेट रह्यो। 

जितसँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ। 

क्रिकइन्फोडटकम 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा दिने घोषणा

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिने घोषणा गरेका छन्। उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन्।

एकदिवसीय क्रिकेट : वेस्ट इन्डिजसँग अस्ट्रेलिया पराजित

ब्रिजटाउनमा आइतबार बिहान भएको खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य वेस्ट इन्डिजले ३८ ओभरमा ६....

टोकियो ओलम्पिक : जुडोकी सोनिया पहिलो खेलबाटै बाहिरिइन्

आज (शनिबार) भएको महिला ४८ केजी तौल समूहको राउण्ड अफ ३२ अन्तर्गतको प्रतिष्पर्धामा रुसकी डोल्गोभा इरिनासँग पराजित हुँदै उनी प्रतियाेगिताबाट बाहिरिएकी हुन्। उनले खेलको १ मिनेट १६ सेकेन्डमै....

टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान 

महिला १० मिटर एयर राइफलमा कल्पनाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन् ।  आज बिहान भएको छनोट चरणमा आसाका सुटिङ रेन्जमा कल्पनाले ६....

ओलम्पिकको ३२ औं संस्करण उद्घाटन 

जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहबीच ओलम्पिकको ३२ औं संस्करणको उद्घाटन गरिएको हो।  नेपाली समय अनुसार पौने ५ बजे सुरु भएको उद्घाटन समारोहमा....