आर्थिक वर्षको पहिलो कारोबारको दिन ९७.२१ अंकले बढ्यो नेप्से

आर्थिक वर्षको पहिलो कारोबारको दिन ९७.२१ अंकले बढ्यो नेप्से

काठमाडौं : आर्थिक वर्ष ०७८/७९ को पहिलो कारोबारको दिन आइतबार नेप्से सूचक ९७.२१ अंक अर्थात ३.३७ प्रतिशतले बढेर २९८०.६१ अंकमा पुगेको छ। यस दिन ११ अर्ब ६३ करोड बढीको कारोबार भयो।

शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकार)ले पत्रकार सम्मेलन गरेर सेयरका लगानीकर्ताको हितको लागि आफूले काम गर्ने जनाएका थिए। 

अर्थमन्त्रीले पूँजी बजारलाई नकारात्मक असर गर्ने नीति नलिने बताएपछि लगानीकर्ता सेयर बजारमा लगानी गर्न हौसिएका छन्।

यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

साताको कारोबारको पहिलो दिनमा सबैभन्दा बढी कारोबार मन्जुश्री फाइनान्सको भएको छ। उक्त कम्पनीको ४० कारोड ९९ लाख ७५ हजार १४० रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आइतबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नबिल बैंक, अरूण भ्याली हाइड्रोपावर, एनआइसी एसिया बैंक, कामना सेवा विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैक, हिमालयन डिस्टिलरी, सानिमा बैंक र नेपाल बैंक छन्। 

सबैभन्दा धेरै गुमाउने कम्पनी

साताको कारोबारको पहिलो दिन एनआइबिएल समृद्धि फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। उक्त फण्डको मूल्य ५.३७ प्रतिशतले घटेको छ।

यस्तै, गुडविल फाइनान्स लिमिटेड डिबेन्चर, ग्लोबल आइएमई बैंकको डिबेन्चर, कुमारी इक्विटी फण्ड, एसबिएल डिबेन्चर, कृषि विकास बैंक डिबेन्चर, एनआइसी एसिया बैंक डिबेन्चरका लगानीकर्ताले धेरै गुमाएका छन्।
 

३ साउन, २०७८, १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।