मिर्गौलामा समस्या देखिएपछि कलाकार पल्पसा डंगोल अस्पताल भर्ना 

मिर्गौलामा समस्या देखिएपछि कलाकार पल्पसा डंगोल अस्पताल भर्ना 

काठमाडाैं : मिर्गाैलामा समस्या देखिएपछि कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन्।

उनी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार तथा निर्देशक राजु पौडेलले जानकारी दिए।  
 
पल्पसा हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा ‘चम्सुरी’ पात्रबाट चर्चित छिन्। 

कलाकार तथा फिल्म निर्देशक दीपाश्री निरौलाले पल्पसालाई मिर्गाैलासम्बन्धी समस्या पुनः देखिएपछि अस्पताल भर्ना भएको बताइन्। 

निरौलाका अनुसार केही समयअघि पनि डंगोललाई मिर्गौलासम्बन्धी समस्या देखिएको थियो। त्यति बेला उनी एक महिना अस्पताल भर्ना भएर घर फर्किएकी थिइन्। 

पल्पसाले केही समयदेखि डायलोसिस गर्दै आएकी थिइन्। अहिले भने डायलोसिस गर्नसमेत समस्या परेकाले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले सल्लाह दिएका छन्। 

पल्पसा एक दशकभन्दा अघिदेखि नियमितरूपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी छन्। 

यससँगै उनले अन्य टेलिशृंखला तथा म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी छन्। साथै उनले म्युजिक भिडियोको निर्देशन पनि गरेकी छन्। 

३ साउन, २०७८, १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।