एक महिला खेलाडीले जापानको समाजमा दिएको परिवर्तनको धक्का

एक महिला खेलाडीले जापानको समाजमा दिएको परिवर्तनको धक्का

ती जापानी खेलाडी आफ्नो साथीसँग कुरा गरिरहेकी थिइन् र उनलाई ओसाकालाई जापानी भाषाबारे जानकारी छ भन्ने थाहा थिएन।

ती जापानी खेलाडीलाई उनको साथीले सोधिन्' आज तिम्रो प्रतिस्पर्धी को छ?'

उनले भनिन् ओसाका।

अरे त्यो काली केटी। उसलाई त जापानी भन्नुपर्ने।

ती खेलाडीले भनिन्। मलाई त्यस्तो लाग्दैन।

यी सबै कुरा नाओमीले द वाल स्ट्रिट जर्नललाई भनेकी हुन्। गत वर्षको अगस्टमा वाल स्ट्रिटमा उनीबारे लामो लेख प्रकाशित गरेको थियो।

आज सबैलाई थाहा छ जापानी आमा अनि हैटीका पिताकी छोरी जो अमेरिकामा हुर्किइन् उनी टोकियोमा आयोजना हुने ओलम्पिककी मुख्य आकर्षक हुन्।

टोकियोका हरेक बस स्टपमा २३ बर्सिया ओसाकाको पोस्टर टासिएको छ। पोस्टरमा उनी स्थानीय र राष्ट्रिय खेलाडीहरूलाई स्वागत गरिरहेकी छिन्।

पोस्टर जापानी र अङ्ग्रेजी भाषामा लेखिएको छ। पोस्टर अहिलेको नयाँ दुनियाँ र नयाँ पुस्तालाई ध्यान दिएर बनाइएको छ।

ओसाकाले आफ्नो विरासतका लागि सन् २०१९ मा अमेरिकी नागरिकता त्यागिन् र जापान फर्किइन्। उनले जापानका लागि धेरैभन्दा धेरै खेल जितिरहेकी छिन्। प्रतियोगिताका ट्रफि मात्रै हैन उनले नयाँ पुस्तामा परिवर्तन पनि ल्याइरहेकी छिन्।

मिश्रित नस्लकी खेलाडी

ओसाका आखिर कसरी जापानी समाजमा फिट हुन सक्छिन्, यसमा सन्देहका लागि उनको बाल्यकालमा फर्कन आवश्यक छैन।

जापानको नम्बर तीन खेलाडी नाओ हिबीनो ले सन् २०१८ मा द न्यूयोर्क टाइम्स म्यागेजिनसँग ओसाकाकोबारेमा भनेकी थिइन्' म इमानदारीपूर्वकता भनौँ भने हामी उनीसँग केही दुरी महसुस गर्छौ। किनकि उनी शारीरिक रूपमा धेरै अलग छिन्। उनी अलग ठाउँमा हुर्किइन्। जापानी भाषा कम बोल्छिन्। उनी शुद्ध जापानी खेलाडी जस्तो हैन।'

उनी यस्तो खालको प्रश्नको सामना गर्नुपरेको पहिलो खेलाडी भने हैन। साचिओ किनुगासा र हाइदेकी इराबु दुवै जापानको बेसबल स्टार थिए। दुवै मिश्रित नस्लका खेलाडी थिए।

तर न जापानी जनता न उनीहरूमै आफ्नो बाबुको बारेमा कुरा गर्न कुनै चासो थियो न दोस्रो विश्व युद्धपछि जापानमा कब्जा गर्ने सैनिक या उनीहरूले गरेको थिचोमिचोबारे नै कुनै चासो थियो।

तर ओसाका अलग छिन्।

एक जापानी पत्रिकाका पत्रकार हिरोकी वाडा भन्छन्'एक जापानी महिला एथलेटले सार्वजनिक रूपमा कसरी बोल्नुपर्छ र कसरी व्यवहार गर्नुपर्छ भन्नेमा केही पुराना जापानीको अलग सोच छ। तर ओसाका त्यो परम्परागत सोच भन्दा अलग छिन्। उनले आफ्नो बयान र कामबाट जापानको कैयौँ मुद्दा उजागर गरेकी छिन्।'

ओसाकाले उठाएका मुद्दा

अहिले जापानमा सामाजिक सञ्जाल र मिडियामा नस्ल र पहिचानबारे गम्भीरताका साथ चर्चा भइरहेका छन्। यसको एक कारण ओसाकाको केही राजनीतिक बयान हुन्। उनी बिचारशील र प्रतिक्रिया दिने युवती हुन्। उनको त्यो व्यवहारले जापानीहरूलाई सोच्न बाध्य बनाइरहेको छ।

गत वर्ष उनी यूएस ओपन मा योजनासाथ सहभागी भएकी थिइन्। उनले आफ्नो किटमा सात वटा अलग अलग नाम लेखिएको मास्क लिएर गएकी थिइन्। हरेक मास्कमा उनले काला अमेरिकी नागरिकको नाम लेखेकी थिइन् जो प्रहरीको बर्बरताका कारण मारिएका थिए।

उनले टुर्नामेन्टको समयमा ती सबै मास्कहरू पालैपालो लगाइन्। कुनैमा जर्ज फ्लोयडको नाम लेखिएको थियो। कसैमा ब्रेओना टेलर,ट्रेवन मार्टिनको नाम लेखिएको थियो। उनको प्रयास विश्वासले उनीहरूको नाम नबिर्सिउन् भन्ने देखियो।

जापानवासीहरू जातीय विभेदमा त्यति टिप्पणी गर्न नरुचाइने समाज मानिन्छ। समाजमा अहिले पनि यस्ता विषयमा चर्चाका विषयमा बहस जारी छ। जापानको पब्लिक ब्रोडकास्टर एनएचकेले गत वर्ष एक एनिमेटेड फिल्मको पात्रको कारण माफी माग्नु परेको थियो। २०१९ मा जापानको तयारी चाउचाउको उत्पादक कम्पनीले एक विज्ञापनमा ओसाकालाई गोरो देखायो। पछि कम्पनीले त्यो विज्ञापनै फिर्ता लिनुपर्यो।

ओसाका ३ वर्षको हुँदा उनको अभिभावक अमेरिका गएका थिए। उनको मामाघरले उनको आमासँगको सम्बन्ध तोडेका थिए।

जापानको समाजबारे टोक्यो जङकी नाम पुस्तक लेखेका लेखक रबर्ट व्हाइटिङ भन्छन्' गत वर्ष या त्यो भन्दा अगाडिको अवस्था हेर्दा अहिलेसम्म जे जे भयो यो जापानी समाजका लागि सिक्ने प्रक्रियाको रूपमा हो।'

रबर्ट लगभग ६० वर्षदेखि टोकियोमा बस्दै आएका छ। उनी भन्छन्' यो बिचमा टेलिभिजनका विभिन्न कार्यक्रममा नामीमा आखिर के महसुस गरियो र उनीहरूले अहिले यो सब बोले भनेर चर्चा भइरहेका छन्।'

उनका अनुसार जापानी समाज परम्परागत रूपमै बहस र विवादसँग जोगिने प्रयास गर्छ। अमेरिकामा जस्तो जापानमा झगडा गर्ने परम्परा छैन। जापानमा जति चर्चित भयो त्यति संयमित हुन आवश्यक छ। कुनै विवादमा जोडिएर आफ्ना साथी, परिवार, संस्था र प्रायोजकलाई कुनै असर नपरोस् भन्नेमा धेरै सजग हुन्छन्।

रोबर्टका अनुसार पश्चिमी समाजमा जसरी आफ्नो बारेमा सोचिन्छ जापानमा भने शान्ति र समन्वयबारे धेरै सोचिन्छ र प्रार्थमिकतामा यही पर्छ।

कोर्टमा फर्किने प्रतीक्षा

गत वर्ष जापानमा ओसाका कहाँको हो भनेर चर्चा हुन्थ्यो। अहिले उनी कहाँ छिन् भनेर चर्चा हुन्छ। मेमा फ्रेन्च ओपनको बेलामा उनले मिडियासँग बोल्न अस्वीकार गरिन्। उनले फ्रेन्च ओपन र विम्बल्डनसँग आफ्नो मानसिक अवस्था ठिक नभएको र केही वर्षदेखि डिप्रेसन भएको बताएर अलग भएकी थिइन्।

तर टोक्यो ओलम्पिकमा उनी कोर्टमा फर्किने धेरैले आस गरेका छन्।

जापानमा मानसिक स्वास्थ्यबारे सार्वजनिक गर्न हाई प्रोफाइलमा ओसाका अगाडि छिन्। अन्तर्राष्ट्रिय फुटबल खेलाडी २७ वर्षीय कुमी योकोयामाले एक महिना अगाडि नै सार्वजनिक रूपमा आफू ट्रान्सजेन्डर रहेको र खेल जीवन सकिएपछि एक पुरुषको रूपमा बाच्न चाहेको बताएका थिए।

उनले अमेरिका र जर्मनमा खेल्नेक्रममा जापानमा यस विषयमा रहेको अज्ञात र पूर्वाग्रहबारे जानकारी पाएको समेत खुलाए। २०२० मा एक पेशेवर पहलवान हाना किमुरा नामी रियालिटी सो टेरेसा हाउसमा सहभागी भएपछि आत्महत्या गरेका थिए।

तथ्याङ्क हेर्ने हो भने सन् १९९० देखि २०१४ सम्ममा मानसिक स्वास्थ्य सम्बन्धी समस्याबारे गुनासो गर्नेहरूको सङ्ख्या दोब्बर भइसकेको छ।

पत्रकार हिरोकी वाडा भन्छन्' ४० वर्ष अगाडिको अवस्था हेर्ने हो भने परिवारको कुनै समस्या मानसिक समस्यासँग जुधिरहेको देखिनु लाजमर्दो थियो। यसलाई कमजोरीसँग जोडिएर हेरिन्थ्यो। त्यसमा पनि विशेष खेलाडीमा। त्यसैले व्यक्तिहरू यसबारे खुल्ला चर्चा गर्दैनथे। तर बिस्तारै अवस्था बदलिँदै गइरहेको छ। अब आफूमा भएको मानसिक समस्या सार्वजनिक गर्न थालेका छन्। त्यससँग लड्नुपर्ने स्वीकार गर्न थालेका छन्। '

अनि लेखक रोबर्टलाई यो परिवर्तन कहाँबाट आइरहेको छ भन्नेमा कुनै शङ्का छैन।

'मलाई लाग्छ नाओमी समेत अन्य मिश्रित नस्लका जापानीलाई अहिले पनि केही हदसम्म बाहिरको व्यक्तिको व्यवहार गरिन्छ। मलाई यो पनि लाग्छ कि अहिलेको पुस्ता पछाडिका पुस्ताको तुलनामा परिष्कृत भएका छन्। इन्टरनेट र धेरै टेलिभिजन च्यानलहरूका कारण दृष्टिकोण परिष्कृत भइरहेका छन्,' उनले भने।

आफू जापान आउँदाको सन् १९६० या ८०-९० को दशकको तुलनामा जापानको समाजमा धेरै परिवर्तन आएको उल्लेख गर्दै उनले भने' विश्व अहिले धेरै सानो भइसक्यो। जापानलाई यसबाट धेरै फाइदा भइरहेको छ। यो एक नयाँ दुनियाँ हो। यो परिवर्तनको कारणमा नयाँ पुस्ता अनि ओसाका ठुलो हिस्सा हो।'

साभार : बिबिसी हिन्दी

२ साउन, २०७८, १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।