स्वास्थ्य

१८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी 

उकेरा संवाददाता


फाइल तस्बिर

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षमाथिका नेपाली नागरिकलाई निःशुल्क कोरोनाविरुद्धको खोप लगाउने बताएको छ। तर, खोप लगाउन सुरु गर्ने समय भने निश्चित गरिएको छैन। 

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्दै जोखिमबाट जोगाउन १८ वर्षमाथिका नागरिकका लागि निःशुल्क खोप लगाउने योजना तयार भइसकेको मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर यसका लागि आवश्यक पर्ने खोपहरूको व्यवस्थापन भइरहेको उल्लेख गरेका छन्। 

मन्त्रालयका अनुसार  अहिले भेरोसेल खोप लगाउने वर्गमा ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरू, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरू तोकिएको छ। 

यस्तै सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, खोप अनिवार्य गरेको देशमा जाने नेपालीलाई खोप लगाउने वर्गमा राखिएको छ। 

मन्त्रालयले चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरूलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन हुने जनाएको छ। 

आफ्नो पालो अनुसार उमेर खुल्ने परिचयपत्र लिएर मात्रै खोप लगाउन जान र अरूको खोप लगाउने पालोमा भिडभाड नगरी खोप अभियानमा सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ। 

मन्त्रालयका सह प्रवक्ता अधिकारीले चीनबाट खरिद गरिएका थप खोपहरू साउन ६ गतेदेखि आउने र साउन १५ गतेभित्र कम्तीमा ३२ लाख खोप आइसक्ने जानकारी पनि दिएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

टिचिङ अस्पतालका दुवै सिटी स्क्यान मेसिन बिग्रिए, बिरामीलाई सास्ती

मेसिन बिग्रिँदा अस्पतालको सिटी स्क्यान सेवा अवरुद्ध भएको छ। जसका कारण बिरामीले अस्पतालबाहिर गएर सिटी स्क्यान गर्नुपर्ने बाध्यता छ।  अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आकस्मिक....

कोरोनाले बिगारेको निन्द्रा कसरी फर्काउने ?

आवेदन गर्ने कम्पनीको सर्त थियो एक सय रातसम्म ९ घण्टा सुत्नुपर्ने। कम्पनीले यो काममा लागि हरेकलाई एक लाख रुपैँया दिन तयार थियो। आवेदन दिनेहरू जब....

दबाबमा लुजडाउन : डा. गौतम भन्छन्˗ मर्न पनि किन हतार?

उपत्यकाका ३ वटै जिल्लामा बुधबारकै तथ्यांक हेर्दा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लालाई ‘रेड जोन’ मा राखिएको छ।....

टुसा पलाएको गेडागुडी काँचै खानु कति फाइदाजनक ?

स्वास्थ्य विज्ञका अनुसार टुसा पलाएको गेडागुडीमा ब्याक्टेरिया उत्पादन भएको हुनसक्छ। त्यसैले टुसा पलाएका गेडागुडीलाई काँचै खानु जोखिममुक्त हो भन्न सकिन्न। एकेडेमी अफ न्युट्रेसन एन्ड डायटेक्टिक्सका....

पोस्ट कोभिड : हेर्दा सामान्य तर, शारीरिक तथा मानसिक रूपमा शिथिल 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन टेकु अस्पतालमा पोस्ट कोभिडको समस्या लिएर आउनेको सङ्ख्या बढेको बताउँछन्।  ८ महिनाअघि....