विदेशी विश्वविद्यालयको सम्बन्धनका कलेजमा आर्थिक चलखेल भएको भन्दै छानबिन गर्न पाँच विद्यार्थी संगठनको माग

विदेशी विश्वविद्यालयको सम्बन्धनका कलेजमा आर्थिक चलखेल भएको भन्दै छानबिन गर्न पाँच विद्यार्थी संगठनको माग

काठमाडौं : विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजहरूको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन (स्विचिङ) गर्ने नाममा आर्थिक चलखेल र अनियमितता भएको भन्दै पाँच विद्यार्थी संगठनले उक्त प्रक्रिया रोक्न र घटनाको छानबिन गर्न माग गरेको छ। 

नेपाल विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, अनेरास्ववियु (माधवकुमार नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारसँग उक्त माग गरेको हो।

‘निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै गर्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजहरूको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन (स्विचिङ) गर्ने नाममा आर्थिक चलखेल र अनियमितता भएको पाइएको छ। तोकिएको मापदण्ड र निर्देशिका विपरीतको अवैध प्रक्रिया तत्काल रोक्न र घोटालामा संलग्नहरूलाई छानबिन गरी कारबाही गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। 

३१ असार, २०७८, १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।