सिपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा सन्दीपको ट्रिनबागोले गुएना अमेजनसँग प्रतिष्पर्धा गर्ने

सिपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा सन्दीपको ट्रिनबागोले गुएना अमेजनसँग प्रतिष्पर्धा गर्ने
फाइल तस्बिर।

काठमाडौं : वेस्ट इन्डिजको घरेलु टी–ट्वान्टी क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग (सिपिएल)को नयाँ संस्करणको खेल तालिका सार्वजनिक भएको छ।

वेस्ट इन्डिजको क्रिकेट बोर्ड ‘क्रिकेट वेस्ट इन्डिज’का अनुसार अगस्ट २६ बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी टोली ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्सबीच प्रतिष्पर्धा हुनेछ। 

साविक विजेता टोली ट्रिनबागोले सन्दीपलाई नयाँ सिजनको लागि अनुबन्ध गरेको हो। यसअघि सिपिएलको तीन सिजन खेलिसकेका सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए। 

प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १५ मा सेट किट्स एन्ड नेभिसमा आयोजना हुनेछ। 

प्रतियोगितामा कुल ३३ खेल हुने क्रिकेट वेस्ट इन्डिजले जनाएको छ। 
 

३१ असार, २०७८, १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।