काठमाडौँ : सरकारी निवास बालुवाटारबाट आफ्नै निवास बालकोट पुगेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली घरको बाल्कोनीमा निस्किए। उनलाई बालुवाटारबाट बालकोट पूर्याउन एमाले सांसद महेश बस्नेतले युवा संघका कार्यकर्ताहरुलाई परिचालन गरेका थिए।
फोटो कथा
बालकोटको बाल्कोनीमा देखिएको ओलीका दश पोज
उनी सहयोगीलाई सोध्दै थिए'ड्रोन कता छ?' सहयोगीले ड्रोन देखाइदिएपछि उनी फिल्मी शैलीमा पोजहरू दिन थाले

बालुवाटारदेखि बालकोटसम्म पुग्दा उनलाई सङ्घका कार्यकर्ताले पानीमा भिज्दै स्कटिङ गरेका थिए।
बाल्कोनीमा निस्किएका ओलीले आफ्ना समर्थकहरूलाई सम्बोधन पनि गरे। उनले त्यहाँ भिन्न भिन्न पोज दिइरहेका थिए। उनका ती पोजहरू फोटो पत्रकारहरूका लागि मात्र थिएन। उनका सबै भावभङ्गी क्याप्चर गर्न ड्रोनबाट दृश्यहरू खिचिएका थिए। उनी सहयोगीलाई सोध्दै थिए'ड्रोन कता छ?'
सहयोगीले ड्रोन देखाइदिएपछि उनी फिल्मी शैलीमा पोजहरू दिन थाले। त्यही बेला खिचिएका उनका दश पोज।
ड्रोन हेर्दै ओली
ड्रोनलाई अभिवादन गर्दै
२०७८ असार ३० गते १५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।