ओलम्पिकको मार्च पासमा नेपालको झण्डा गौरिकाले बोक्ने

ओलम्पिकको मार्च पासमा नेपालको झण्डा गौरिकाले बोक्ने
फाइल तस्बिर।

नेपाल ओलम्पिक कमिटीले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। 

गौरिका दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन्। यसअघि उनी सन् २०१६ को रियो ओलम्पिकमा सहभागी भएकी थिइन्। 

नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल रहेको पत्रकार सम्मेलनमा बताइएको छ।

ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियल गरी २६ जनाको सहभागिता रहने छ, जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन्।

जुलाई २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिकमा पौडीबाट गौरिकासँगै एलेक्जेन्डर शाह (एलेक्स) एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट सहभागी हुँदै छन्। 

गौरिकाले वुमेन्स १०० सय फ्रि स्टाइल र एलेक्जेन्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा प्रतिष्पर्धा गर्ने छन्। यस्तै, सरस्वतीले वुमेन्स १०० मिटर दौड, कल्पनाले वुमेन्स १० मिटर एयर राइफल र सानियाले वुमेन्स ४८ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने पत्रकार सम्मेलनमा बताइएको छ। 

२९ असार, २०७८, २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।