टी–ट्वान्टी क्रिकेटमा क्रिस गेलको कीर्तिमान 

टी–ट्वान्टी क्रिकेटमा क्रिस गेलको कीर्तिमान 

काठमाडौं : ‘युनिभर्सल बोस’को उपमा पाएका वेस्ट इन्डिजका क्रिकेटर क्रिस गेलले टी–ट्वान्टी क्रिकेट फर्म्याटमा १४ हजार रन बनाउने पहिलो खेलाडीको कीर्तिमान कायम गरेका छन्। 

अस्ट्रेलियाविरुद्ध आज (मंगलबार) सम्पन्न तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा उनले उक्त कीर्तिमान कायम गरेका हुन्।

उनले पारीको नवौं ओभरमा छक्का प्रहार गर्दै टी–ट्वान्टी क्रिकेटमा १४ हजार रन पूरा गरे। उक्त खेलमा उनले ३८ बलमा ६७ रन बनाए। 

यससँगै गेलले ४ सय ३१ टी–ट्वान्टी खेल खेलेर १४ हजार ३८ रन बनाइसकेका छन्। 

टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउनेको दोस्रो स्थानमा वेस्ट इन्डिजकै क्यारोन पोलार्ड छन्। उनले ५ सय ४५ खेलाबाट १० हजार ८ सय ३६ रन जोडेका छन्। 

यस्तै, टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउनेको सूचीमा पाकिस्तानका सोएब मलिक, डेविड वार्नर र विराट कोहली क्रमशः तेस्रोबाट पाँचौं स्थानमा छन्। मलिकले १० हजार ७ सय ४१, वार्नरले १० हजार १७ र कोहलीले ९ हजार ९ सय २२ रन बनाएका छन्। 

एजेन्सी

२९ असार, २०७८, १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।