जनमत साहित्यिक मासिक डिजिटल भर्सनमा

जनमत साहित्यिक मासिक डिजिटल भर्सनमा

काठमाडौँ : काभ्रेबाट प्रकाशित हुँदै आएको जनमत साहित्यिक मासिक डिजिटल भर्सनमा आएको छ। २०४५ बाट प्रकाशन सुरु भएको साहित्यिक पत्रिका मङ्गलवारबाट डिजिटल भर्सनमा आएको हो।

जनमत प्रकाशनले १ सय ५० बढी पुस्तक-ग्रन्थ समेत प्रकाशित गरिसकेको छ। १ सय ७६ जना वाङ्मय सेवीहरूको सम्मान गरिसकेको छ।

प्रधान सम्पादक मोहन दुवालले अनलाइनमार्फत जनमतको साहित्यिक भावना विस्तार गर्ने योजना अनुसार डिजिटल भर्सन सुरु गरेको आफ्नो प्रकाशकीयमा उल्लेख गरेका छन्।

 

२९ असार, २०७८, १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।