प्रतिनिधिसभा विघटनको निर्णय बदर

प्रतिनिधिसभा विघटनको निर्णय बदर

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णय बदर गरेको हो।

रिट निवेदकको माग बमोजिम विघटन  मुद्दामा रिट जारी भएको प्रधानन्यायाधीश राणाले बताए। 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। विघटन मुद्दामा न्यायाधीश ईश्वर खतिवडाले निर्णय सुनाइरहेका छन्। 

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै १ सय ४६ सांसदले हस्ताक्षरसहित परमादेशको माग गरेका थिए ।

 

२८ असार, २०७८, १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।