ब्रिटिस कलेजले लियो बुटवलको नमस्ते एकेडेमीको व्यवस्थापन

ब्रिटिस कलेजले लियो बुटवलको नमस्ते एकेडेमीको व्यवस्थापन

काठमाडौँ : काठमाडौँको थापाथलीमा रहेको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलमा नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने भएको छ। सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गर्दै आएको ‘ब्रिटिस एजुकेसन ग्रुप’ले नमस्ते एकेडेमीको पनि व्यवस्थापन हेर्ने भएको हो।

टीबीसीले व्यवस्थापनको साझेदारी गरेको सो समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेसन ग्रुपमा आएकाले आगामी दिनमा राम्रो शिक्षा प्रदान गरिने बताए। 

नमस्तेको शैक्षिक अवस्था र व्यवस्थापनमा सुधार गर्न विद्यालयको एकेडेमी डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ। शैक्षिक व्यवस्थापनमा दक्खल रहेको बार्थोलोमउ बेलायती नागरिक हुन्। 

बेलायतमा धेरै शैक्षिक परियोजनाको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ।

२७ असार, २०७८, १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।