फोटो कथा

झमझम पानीमा रुझ्दै विद्यार्थीले राष्ट्रपतिलाई सम्झाए संविधान

कृष्पा श्रेष्ठ


काठमाडौँ : राष्ट्रपति विद्या भण्डारीको गैर संवैधानिक निर्णयको विरोध गर्दै पाँच विद्यार्थी सङ्गठनले संविधान बोकेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले माइतीघर मण्डला नजिक विरोध प्रदर्शन गरेका हुन्।

संविधानका रक्षक समेत रहेको राष्ट्रपति भण्डारीले संवैधानिक प्रावधान भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा काम गरेको भन्दै विपक्षी पाँच दल निकट विद्यार्थी सङ्गठन आन्दोलनमा छन्।

प्रदर्शनकोक्रममा पानी परेपछि उनीहरूले रुझेरै विरोध प्रदर्शन गरेका थिए। केही प्रदर्शनकारीले ब्यानरलाई छाता बनाएर पानीबाट जोगिने असफल प्रयास गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

‘थोत्रो थिति फालौं, आउनुस् नयाँ थालौं’

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर रोकियो। त्यस क्रममा दमाहा बजाइयो, गीत गाइयो।  प्रदर्शनकारीले ‘महिला हिंसाविरुद्ध लडिरहेका....

नयाँ प्रधानमन्त्रीको स्वागतमा चोक-चोकमा फोहोरको 'सगरमाथा'

महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकृष्ण श्रेष्ठले फोहोर फाल्ने ठाउँ नहुँदा फोहोर उठ्न नसकेको जानकारी दिए।  ‘हामीले गत....

खोप केन्द्रमा  ठेलमठेल र भिडभाड : प्रधानमन्त्रीको निर्देशनको प्रभाव देखिएन 

आजबाट खोपको प्रारम्भ गर्दै प्रधानमन्त्री देउवाले ' आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, नेपाली....

विश्वासको मत लिन संसद्मा यस्तो छ तयारी

संसद्मा सम्बोधन गरेको आधारमा उनको पक्षमा बहुमत देखिए पनि प्रमाणित हुन मतदान आवश्यक पर्ने भएकाले सचिवालयले पक्ष र विपक्षमा रहेकाहरूलाई छुट्टाछुट्टै मत व्यक्त गर्ने व्यवस्था....

बालकोटको बाल्कोनीमा देखिएको ओलीका दश पोज

बालुवाटारदेखि बालकोटसम्म पुग्दा उनलाई सङ्घका कार्यकर्ताले पानीमा भिज्दै स्कटिङ गरेका थिए। बाल्कोनीमा निस्किएका ओलीले आफ्ना समर्थकहरूलाई सम्बोधन पनि गरे। उनले त्यहाँ भिन्न भिन्न पोज दिइरहेका....