स्वास्थ्य

कोरोनाले बिगारेको निन्द्रा कसरी फर्काउने ?

उकेरा संवाददाता


एजेन्सी : भारतमा डसना बनाउने एक कम्पनीले सन् २०१९ मा स्लिप इन्टर्नसिपमा २० जनाका लागि आवेदन माग्यो। धेरैलाई लाग्यो सुत्नु के कठिन छ र। २० पोस्टका लागि १७ लाख जनाको आवेदन पर्‍यो।

आवेदन गर्ने कम्पनीको सर्त थियो एक सय रातसम्म ९ घण्टा सुत्नुपर्ने। कम्पनीले यो काममा लागि हरेकलाई एक लाख रुपैँया दिन तयार थियो। आवेदन दिनेहरू जब अन्तर्वार्तामा गए बल्ल बुझे सुत्न कति कठिन छ।

कसैलाई सुत्न के कठिन होला र भन्ने लाग्छ भने धैर्य गरेर यो सामाग्री पढ्नुस् अनि थाहा हुन्छ आखिर सुत्न त्यति सजिलो छैन।

एक अध्ययन अनुसार कोरोना कालमा बिरामी भएर ठिक भएका १० जनामध्ये ३ जनामा निन्द्रा सम्बन्धी जटिल समस्या देखिएको थियो। महामारी भन्दा अगाडि पनि १० जनामध्ये ३ जनामा निन्द्रासम्बन्धी समस्याहरू देखिने गरेको थियो।

तर निन्द्रा सम्बन्धी हरेक समस्या रोगै हो भन्ने चैँ हुन्न। त्यसैले कुन समयमा निन्द्रा नलाग्दा चिकित्सकसँग परामर्श गर्नुपर्ने हो र कस्तो अवस्था सामान्य हो भने बुझेमा सहज हुनसक्छ।

निन्द्राको चरण

इन्स्टिच्युट अफ ह्युमन विहेभियर एन्ड एलाएड साइन्सेसका वरिष्ठ मनोचिकित्सक डा ओम प्रकाशका अनुसार निन्द्राको एक चरण ९० मिनेटको हुन्छ। एक रातमा यस्ता पाँच चरणसम्म पार हुन्छ।

'९० मिनेटको पहिलो चरणलाई नन रैपिड मुभमेन्ट(एनआरइएम) भनिन्छ। सामान्य भाषामा यसलाई गहिरो निन्द्रा भनिन्छ। यो अन्य चरणको तुलनामा अलि लामो हुन्छ। निदाएपछि ९० मिनेटभन्दा पहिला ६०-७० मिनेट यो चरण चल्छ।

दोस्रो चरणलाई आई मुभमेन्ट सुताई(आरइएम) भनिन्छ। यही चरणमा हामी धेरै सपना देख्छौँ। अधिकांश समयमा यस्तो अवस्थामा हामीले निन्द्राको अवस्थामा भएका कुराहरू थाहा हुन्छ।

जब हामी सुतेका हुन्छौ हाम्रो गहिरो निन्द्राको चरण घट्दै जान्छ। अनि रैपिड आइ मुभमेन्ट बढ्दै जान्छ। जति जनाले निन्द्रा सम्बन्धी समस्याबारे बताइरहेका हुन्छन् प्राय यही दुई चरणबारे हुने गरेका छन्।

जसलाई गहिरो निन्द्रा सम्बन्धी समस्या हुन्छ उनीहरूले भन्छन्' मलाई त केही पनि थाहा भएन। बेहोस जस्तै भए। राम्रो निन्द्रा लागेछ। अनि जसलाई आएइएम चरणको समस्या हुन्छ उनीहरू भन्छन्' मेर बिहान चाँडै निन्द्रा खुल्यो। अनि निन्द्रै लागेन।'

निन्द्रा सम्बन्धी समस्या कहिले रोग बन्छ ?

निन्द्रा सम्बन्धी अनेक रोगहरू हुन सक्छन्। जस्तो धेरै निन्द्रा लाग्नु,निन्द्रा नलाग्नु, निन्द्रामा घुर्नु,निन्द्रामा तर्सिनु। कोरोनाका कारण जो जसलाई निन्द्रा सम्बन्धी समस्या देखिएका छन् त्यो कुनै प्रकारको रोग नभई अपवाद भएको बताउँछन्।

चिकित्सक ओम प्रकाशका अनुसार निन्द्रा सम्बन्धी समस्या र रोगमा धेरै फरक छ। निन्द्रा सम्बन्धी सबै समस्या रोग हुँदैन। जस्तो धेरै भोक लाग्नु समस्या हो। यो रोग हैन। तर भोक लागेको बेलामा अगाडि जे भेटियो त्यही खाने बानी लाग्यो भने त्यो रोग हो।

प्राय सबैलाई महिनामा तीन-चार चोटि निन्द्रा नलाग्ने समस्या आउनु सामान्य हो। कसैलाई यस्तो समस्या देखियो भने त्यो त्यति जटिल समस्या हैन। कोरोना कालमा १० जनामा ३ जनामा यस्तो समस्या देखिइरहेको छ। त्यो त्यति जटिल हैन। यो समस्या त हो तर जटिल समस्या हैन।

डिप्रेसन, एन्जाइटी र फोक्सो सम्बन्धी समस्या भएकाहरूमा यस्तो समस्या बढी देखिन्छ। योसँगै निर्णय क्षमता कमजोर हुने,मोटोपना बढ्ने, सङ्क्रमण हुने लगायतका समस्याहरू देखिन्छन्।

निन्द्रा सम्बन्धी समस्याको प्रारम्भिक चरण

-पहिलो: निन्द्राको समय घट्नु

-दोस्रो: निन्द्राको गुणस्तर घट्नु

-तेस्रो :  निन्द्राको समयको समस्या

अर्को महत्त्वपूर्ण पक्ष के हो भने हरेक व्यक्तिलाई एकै प्रकारको निन्द्राको आवश्यकता हुन्न। कुनै व्यक्ति दिनमा ५-६ घण्टा सुते पनि निन्द्रा पुग्छ। उनीहरूलाई सट ट्रम स्लिपर भनिन्छ। कुनै व्यक्ति ८-१० घण्टासम्म पनि सुत्छन्। उनीहरूलाई लङ ट्रम स्लिपर भनिन्छ।

यो समस्या हैन। तर ५-६ घण्टा सुत्दा निन्द्रा पुग्नेको निदाउने समय घटेर ३-४ घण्टा भयो भने अनि ८-१० घण्टा निदाउनेको समय घटेर ५-६ घण्टा भयो भने त्यो निन्द्रा सम्बन्धी समस्याको प्रारम्भ हो।

यदि यो समस्या लगातार ३-४ हप्तासम्म देखियो भने यो समस्याको प्रारम्भ हो। यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनुपर्छ। यदि चिकित्सकले मनोपरामर्शदाताकोमा जान सुझाव दिएमा जानुपर्छ।

दोस्रो लक्षण भनेको निन्द्राको गुणस्तर। कुनै व्यक्ति ८-१० घण्टा निदाउने गरेकोमा ४-५ पटक ब्युँझने समस्या आयो भने पनि यो समस्याको प्रारम्भ हुनसक्छ।

तेस्रो समस्या समयको हो। कसैलाई ओच्छ्यानमा गएको घण्टौँसम्म पनि निन्द्रा नलाग्ने हुनसक्छ। रातभर यता र उता फर्किएको फर्कियै गर्नुलाई इनिसियल इनसोमेनिया भन्छन्। कसैलाई चाँडै निन्द्रा त आउँछ तर मध्यरातमै निन्द्रा खुल्छ।

यस्तो समस्यालाई मिडिल इन्सोमेनिया भनिन्छ। कोही चैँ बिहान हुनुभन्दा अगाडि नै निन्द्रा ब्युँझिन्छ। यस्तो समस्या भएकालाई टर्मिनल इन्सोमेनिया भनिन्छ। कसैलाई यो तीन वटै समस्या निरन्तर देखिए चिकित्सकसँग परामर्श लिनुपर्छ।

निन्द्रासँग जोडिएको समस्या पत्ता लगाउन स्लिप हाई जिन टेस्ट गर्न सकिन्छ। केही प्रश्नको उत्तर दिएर यस्तो परीक्षण गर्न सकिन्छ। जुन खालको लक्षण देखिन्छ त्यही अनुसारको उपचार गर्न सकिन्छ।

कोरोना समयमा निन्द्राको समस्या

भारतको चेन्नेइमा रहेको इन्स्टिच्युट अफ मेन्टल हेल्थका निर्देशक डा पूर्णा चन्द्रिकाका अनुसार कोरोना समयमा व्यक्तिको दैनिकी निकै बदलिएको छ। बिरामी भएमा एक्कासि आइसोलेसनमा बस्नुपर्छ। कहिले अस्पताल जानुपर्छ।

जो बिरामी हुँदैनन् उनीहरू पनि बाहिर निस्कने, व्यक्तिहरू भेट्न पाउँदैनन्। शारीरिक श्रम घटेको छ। धेरै जनाको अन्तर्क्रिया सामाजिक सञ्जालमा निर्भर भएको छ।

दिनभर घरमा बस्दा व्यक्तिहरूको दैनिकीमै गडबड भएको छ। यी सबैको असर निन्द्राको चरणमा परेको छ। निन्द्रा नलाग्नु एक सामान्य समस्या झैँ हुँदै गएको छ। तर यो आफैँमा रोग या अर्को रोगको लक्षण पनि हुनसक्छ।

प्राय कोरोना सङ्क्रमण भएर ठिक भएकाहरूमा यस्तो समस्या अलि बढी देखिएको छ। यस्तो समस्या भोग्नेमा चिकित्सकहरू समेत छन्।

सन् २०२० मा मेडिकल जर्नल द लैसेटमा छापिएको रिपोर्ट अनुसार चीनमा कोरोनाको बेलामा ३५ वर्ष या त्यो भन्दा अलि उमेर बढी भएका ७ हजार २ सय ३६ जनाको निन्द्राको प्रवृत्तिबारे अध्ययन गरेको थियो। त्यसमा एक तिहाइ स्वास्थ्यकर्मी थिए।

अध्ययनमा ३५ प्रतिशतमा सामान्य एन्जाइटी र २० प्रतिशतमा डिप्रेसन देखियो। १८ प्रतिशतमा खराब निन्द्राको समस्या देखिएको थियो। यसको कारण कोरोना सङ्क्रमणबाट धेरै चिन्तित हुनु देखिएको थियो।

के छ उपचार?

चिकित्सक पूर्ण र ओम प्रकाश स्लिप हाई जिन अपनाउन सुझाव दिन्छन्। स्लिप हाई जिनको मतलब सुत्नु अगाडि र सुत्ने बेलामा अपनाउनुपर्ने नियमको पालना। तलको व्यवहार अपनाउँदामा निन्द्रा नलाग्ने समस्या समाधान हुने चिकित्सकहरू बताउँछन्।

-सुत्नु भन्दा २ घण्टा अगाडि चिया र कफी नखाने।

-धेरै खाना नखाने

-सुत्नु अगाडि चुरोट नखाने

-सुत्ने ठाउँमा खाना खाने, पढ्ने, खेल्ने काम नगर्ने

-दिनमा छोटो निन्द्रा पुरा गर्न मन लागे पनि ओच्छ्यानमै जाने

-सुत्ने २ घण्टा अगाडि स्किन टाइट हुने कपडा नलगाउने

-बारम्बार शौचालय जाने बानी छ भने चिकित्सकको परामर्श लिने

-सुगर या ब्लड प्रेसर छ भने समयमै ओखती लिने

-सुत्ने, उठ्ने र व्यायाम गर्ने निश्चित तालिका बनाउने र पालना गर्ने

यति गर्दा पनि निन्द्राको समस्या समाधान नभए चिकित्सकको सल्लाह लिने। उनीहरूले केही समयका लागि ओखतीको कोर्स सुरु गर्न सक्छन्। यस्ता ओखतीको लत लाग्छ भनेर डराउनु पर्दैन। यस्ता ओखती २ या ३ हप्ता लियो भने पनि समस्या समाधान हुनसक्छ।

-बिबिसी हिन्दीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

१८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी 

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्दै जोखिमबाट जोगाउन १८ वर्षमाथिका नागरिकका लागि निःशुल्क खोप लगाउने योजना तयार भइसकेको मन्त्रालयले जानकारी दिएको छ।  मन्त्रालयका सह प्रवक्ता....

टिचिङ अस्पतालका दुवै सिटी स्क्यान मेसिन बिग्रिए, बिरामीलाई सास्ती

मेसिन बिग्रिँदा अस्पतालको सिटी स्क्यान सेवा अवरुद्ध भएको छ। जसका कारण बिरामीले अस्पतालबाहिर गएर सिटी स्क्यान गर्नुपर्ने बाध्यता छ।  अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आकस्मिक....

दबाबमा लुजडाउन : डा. गौतम भन्छन्˗ मर्न पनि किन हतार?

उपत्यकाका ३ वटै जिल्लामा बुधबारकै तथ्यांक हेर्दा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लालाई ‘रेड जोन’ मा राखिएको छ।....

टुसा पलाएको गेडागुडी काँचै खानु कति फाइदाजनक ?

स्वास्थ्य विज्ञका अनुसार टुसा पलाएको गेडागुडीमा ब्याक्टेरिया उत्पादन भएको हुनसक्छ। त्यसैले टुसा पलाएका गेडागुडीलाई काँचै खानु जोखिममुक्त हो भन्न सकिन्न। एकेडेमी अफ न्युट्रेसन एन्ड डायटेक्टिक्सका....

पोस्ट कोभिड : हेर्दा सामान्य तर, शारीरिक तथा मानसिक रूपमा शिथिल 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन टेकु अस्पतालमा पोस्ट कोभिडको समस्या लिएर आउनेको सङ्ख्या बढेको बताउँछन्।  ८ महिनाअघि....