राउटे समुदायमा आधारित उपन्यास कदम सार्वजनिक

राउटे समुदायमा आधारित उपन्यास कदम सार्वजनिक

काठमाडौँ : लेखक एवम् पत्रकार अनन्त वाग्लेद्वारा लिखित उपन्यास ‘कदम’ बजारमा आएको छ। राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायत जिल्लाका जङ्गलमा ठाउँ सर्दै सर्दै बस्ने गर्छन्।

स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुखदुख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर वाग्लेले आख्यान तयार पारेका हुन्। 

वाग्लेको यो पहिलो उपन्यास हो । यसअघि किशोर उपन्यास ‘यार्चा’ नेपालका ५ सयभन्दा बढी विद्यालयमा सन्दर्भ सामग्रीको रूपमा अध्यापन गराउने गरिएको छ। समाजशास्त्रका अध्येता तथा शिक्षा क्षेत्रमा कार्यरत वाग्लेले ‘कदम’ मा मानव जीवनका अनेक आयामलाई फरक शैलीमा केलाएका छन्।

पुस्तकले साहित्य र शिक्षाका अलावा आम मानिसलाई आशा र सफलतातिर उन्मुख गराउन मोटिभेसनको समेत काम गर्ने प्रकाशकले बताएका छन्। ३ सय १६ पृष्ठको पुस्तकको मूल्य ४ सय रुपैयाँ रहेको छ। पुस्तक काठमाडौँ पब्लिकेशनले प्रकाशित गरेको हो। लेखकस्वको अंश राउटे समुदायको हितमा खर्चने लेखकले पुस्तकमै घोषणा गरेका छन्।

 

१८ असार, २०७८, १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।