रोकिएका सबै परीक्षा सञ्चालन गर्ने तयारीमा त्रिवि

रोकिएका सबै परीक्षा सञ्चालन गर्ने तयारीमा त्रिवि

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले  कोरोनाको कारण रोकिएका सबै परीक्षा यस वर्ष सक्काउने तयारी गरेको छ।

त्रिविको गत वर्ष भदौमा हुनुपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड-१९ का कारणले हुन सकेको छैन। पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी ४ साउन र पहिलो वर्षको परीक्षा १० साउनदेखि सुरु गर्ने तयारी गरेको छ।

स्नातक तह कानुनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका जुटको छ।

२०७७ सालका परीक्षा दसैँअगाडि सक्काउने २०७८ सालका परीक्षा र दसैँपछाडि सुरु गर्ने पनिकाको तयारी छ। दसैँपछाडि स्नातक तहका चार वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गर्ने तयारी भएको कार्यालयले जानकारी दिएको छ।

दसैँअगाडि हुने परीक्षामा दुई लाख ५० हजार विद्यार्थी र दसैँपछाडिको परीक्षामा करिब छ लाख परीक्षार्थी सहभागी हुने पनिकाको अनुमान छ।

 

१२ असार, २०७८, १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।